ललितपुरका २५ स्थानमा टीभीएस रेडरको टेस्ट राइड चल्दै
काठमाडौं – ललितपुरका विभिन्न २५ स्थानमा टीभीएस रेडर मोटरसाइकलको टेस्ट...
काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको आठौं दिन धापासी निवासी भुजेन्द्र सरु मगरले शतप्रतिशत क्यासब्याक पाउन सफल भएका छन् । उनले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ आरटीएफआई स्कुटर खरिद गरेका थिए ।
स्याङ्गजा, मनकामना वडा नं ०१ निवासी, ईम वहादुर गुरुङ्गले बुटवलको बालाजी अटोमोबाईल्सबाट एन्टर्क १२५ एफआई स्कुटर नकिन्दैे ४ हजार र किनेपछि एक लाख गरी १ लाख ४ हजार रुपैयाँ हात पार्दै आपm्नो भाग्यको कायापलट गरेका छन् । साथै ललितपुर निवासी, असन कुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफआई स्कुटर नकिन्दैे २५ हजार र किनेपछिे एक हजार गरी २६ हजार रुपैयाँ हात पार्न सफल भएका छन् । र योजना बारे सोधपुछ गर्ने ८ जना ग्राहकहरुले रियलमी सी३० स्मार्टफोन जितेका छन् ।
कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटक सम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । “कायापलट“ योजना अन्तर्गत नकिन्दै एक लाख र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्टफोन प्रदान गरिन्छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गराइने छ ।
यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिने छ ।
यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएको बताएको छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु ह्विलर ब्राण्डका रुपमा स्थापित भएको कम्पनीको भनाइ छ ।
काठमाडौं – ललितपुरका विभिन्न २५ स्थानमा टीभीएस रेडर मोटरसाइकलको टेस्ट...
काठमाडौं– टीभीएस मोटरले नेपाली बजारमा आपाचे आरटीआर १६० भीफोर एफआई...
काठमाडौं – सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...