उपत्यका फर्कने यात्रुका लागि सावधानीका १० मन्त्र

बिजया दशमी र दीपावली तथा छठ नेपाली समाजका सबैभन्दा उल्लासपूर्ण चाडपर्व हुन् । परिवारको माया र आत्मीयता साटेर अब लाखौं नेपाली पुनः आफ्नो रोजगारी, पढाइ वा दैनिकीमा फर्किँदै छन् । तर, चाडको रौनकसँगै यात्रामा बेफिक्री होइन, सचेतताले मात्र सुरक्षित घरफिर्ती सुनिश्चित गर्न सक्छ । सुखद, सहज र सुरक्षित यात्रा सबैको लक्ष्य हो । 

त्यसका लागि तलका १० सावधानीका मन्त्रहरू अनिवार्य रूपमा पालन गरौँ ।

१. यात्राअघिको तयारी, अनिवार्य जिम्मेवारी
लामो यात्रामा निस्कनु अघि सवारीसाधनको प्राविधिक अवस्था पूर्णरूपमा जाँच्नुहोस् । टायर, ब्रेक, लाइट, वाइपर, इन्जिन तेल लगायतका उपकरण सन्तुलित छन् कि छैनन् सुनिश्चित गर्नुहोस् । चालकले पनि पर्याप्त विश्राम गरेर मात्र यात्रा सुरु गर्नुपर्छ, किनभने थकाइ यात्राको पहिलो जोखिम हो ।

२. चालक र यात्रुबीच आपसी सम्मान
सार्वजनिक सवारीमा भीड बढ्दा तनाव स्वाभाविक हुन्छ, तर चालकलाई अनावश्यक दबाब दिँदै गाडी तीव्रगतिमा चलाउन आग्रह गर्नु घातक हुन सक्छ । चालकले पनि यात्रुलाई "छिटो" होइन, "सुरक्षित पुगाउने" जिम्मेवारीलाई प्राथमिकता दिनुपर्छ ।

३. रफ्तार होइन, जिम्मेवारी
चाडपर्वपछि उपत्यका फर्किने राजमार्गहरू अत्यधिक व्यस्त हुने गर्छन् । छिटो पुग्ने र तीव्र गतिको मोह दुर्घटनाको प्रमुख कारण हो । त्यसैले निर्धारित गतिको पालना नै जिम्मेवार चालकको परिचय हो ।

४. ओभरलोड र ओभरटेक — दुबै घातक
चाडपर्वपछि यात्रुको अत्यधिक भीडका कारण धेरै सवारीसाधनले क्षमताभन्दा बढी यात्रु चढाउने गर्छन् । यसले सवारीको सन्तुलन बिगार्छ, ब्रेकिङ दूरी बढाउँछ र दुर्घटनाको जोखिम अत्यन्त उच्च बनाउँछ । त्यसैगरी, जोखिमपूर्ण मोड र उकालो-ओरालो, पुल र अँध्यारा भागमा अनावश्यक ओभरटेक नगर्नु सबैको हितमा हुन्छ । केही सेकेन्डको हतारले जीवनभरको पछुतो निम्त्याउन सक्छ । त्यसैले, निर्धारित लेन र गति पालन गरेर संयमित यात्रा गर्नु नै सुरक्षित विकल्प हो ।

५. विश्राम, ध्यान र संयम
लामो दूरीका यात्रामा चालकले दुई–तीन घण्टामा एक पटक विश्राम लिनुपर्छ । सार्वजनिक यातायातमा प्रत्यक ६ घण्टामा चालक परिवर्तन गर्नु राम्रो कानुनि अभ्यास हो । हल्का खानपान, पर्याप्त पानी र मोबाइल जस्ता ध्यान विचलित गर्ने उपकरणबाट टाढा रहनु नै बुद्धिमानी हो ।

६. मौसम र सडक अवस्थाको जानकारी लिनुहोस्
चिसो मौसममा कुहिरो, हुस्सु र चिस्यानले दृश्यता घटाउँछ । यस्तो अवस्थामा सुरक्षित दूरी कायम गर्नु, हेडलाइटको उचित प्रयोग गर्नु र हतार नगर्नु सबैभन्दा प्रभावकारी उपाय हुन् । सडक र मौसमको अद्यावधिक जानकारीले ठूलो दुर्घटना टार्न सक्छ । त्यसैले "पहिले जानकारी, अनि यात्रा" भन्ने सोच अपनाउँदा मात्र हाम्रो घरफिर्ती सुरक्षित र सफल बन्छ ।

७. सिट बेल्ट र हेलमेट - जीवनरक्षक कवच
सवारी जुनसुकै होस्, सिट बेल्ट र हेलमेट प्रयोग गर्नु जीवनप्रतिको जिम्मेवारी हो । दुर्घटनाको क्षणमा यिनै उपकरणले जीवन जोगाउने सम्भावना उच्च हुन्छ ।

८. बालबालिका र वृद्धको विशेष सुरक्षा
साना बालबालिका र वृद्ध यात्रुलाई सवारीको अगाडिको सिट वा ढोका नजिक नराख्नुहोस् । आवश्यक औषधि, पानी र हल्का खाद्यपदार्थ साथमा राख्नुहोस् । उनीहरूका लागि आरामदायी र सुरक्षित बसाइ नै पहिलो प्राथमिकता हो ।

९. सम्बन्धित निकायको निर्देशन पालन गर्नुहोस्
यात्राका क्रममा प्रहरी, ट्राफिक वा स्थानीय प्रशासनले दिएका निर्देशन र सन्देश यात्राको सुरक्षाका लागि हुन् । ती नियमको पालना गर्नु जिम्मेवार नागरिकको कर्तव्य हो ।

१०. ‘सुरक्षित फर्किनु’ नै सबैभन्दा ठूलो पर्व
चाड मनाउने खुसी घर पुगेर मात्र होइन, सुरक्षित फर्केर जीवन निरन्तरता पाउँदा पूर्ण हुन्छ । दुर्घटना नहुने, घरपरिवारका सबै सदस्य पुनः एकै ठाउँमा भेटिन सक्ने अवस्था नै साँचो उत्सव हो । त्यसैले हतार नगरी, नियम पालना गर्दै जिम्मेवार यात्रु र चालक बन्ने संकल्प गरौँ ।

–प्र.ब.ना.नि. बिष्णु थापा
प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक

सम्बन्धित समाचारहरू

२८ प्रतिशत सम्म बढ्यो सार्वजनिक यातायातको भाडा, असार २९ देखि नै लागू

२८ प्रतिशत सम्म बढ्यो सार्वजनिक यातायातको भाडा, असार २९ देखि नै लागू

काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था...

ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान  बजाज मोटरसाइकल हस्तान्तरण

ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण

काठमाडौं – गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक...

निषेधाज्ञामा पनि घर-घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै इ फार्म

निषेधाज्ञामा पनि घर-घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै इ फार्म

गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको इ फार्मले कोभिड–१९ को विषम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...