समग्रमा १० प्रतिशत बढ्यो विद्युतीय गाडीमा कर

काठमाडौं – सरकारले विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क र अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेट अनुसार विद्युतीय गाडीमा लाग्ने भन्सार र अन्तःशुल्क बढाएका हुन् ।

पहिले ५० किलोवाटसम्मको गाडीमा १० प्रतिशत भन्सार शुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको छ । अन्तःशुल्कमा पहिले नै छुट थियो । अहिले यसलाई ५ प्रतिशले बढाइएको छ । यस अनुसार यो सेगमेन्टका गाडीमा समग्रमा १० प्रतिशत कर बढाइएको छ ।

यस्तै ५१ देखि १०० किलोवाटसम्मको गाडीमा १५ प्रतिशत लाग्ने भन्सार शुल्कलाई १५ प्रतिशतबाट २० प्रतिशतसम्म पुर्याइएको छ भने अन्तःशुल्कलाई पनि १० बाट १५ प्रतिशत पु¥याइएको छ । यस अनुसार यी गाडीमा समग्रमा १० प्रतिशत नै कर बढेको छ ।

१०१ देखि २०० किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारमा २० प्रतिशत रहेको भन्सार दरलाई ३० प्रतिशत बनाइएको छ। अन्तःशुल्क भने पहिलेकै २० प्रतिशत कायम छ । यसमा पनि समग्रमा १० प्रतिशत नै कर बढेको छ ।

२०१ देखि ३०० किलोवाट मोटर क्षमता भएकोमा ४० प्रतिशत रहेको भन्सार दर ६० प्रतिशत बनाइएको छ । त्यसैगरी अन्तःशुल्क पहिले ४५ प्रतिशत भएकोमा ३५ प्रतिशत गराइएको छ । यसमा पनि समग्रमा १० प्रतिशत नै बढेको छ ।

३ सय किलोवटाभन्दा बढीको विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क ६० प्रतिशतबाट ८० प्रतिशत बनाइएको छ । त्यसैगरी अन्तःशुल्क ६० बाट घटाएर ५० प्रतिशत बनाइएको छ । यसमा पनि समग्रमा १० प्रतिशत नै कर बढेको छ ।

सम्बन्धित समाचारहरू

वर्षातमा लामो यात्रामा निस्कदै हुनुहुन्छ ? यसरी हेर्नुस् देशभरका सडकको लाइभ अपडेट

वर्षातमा लामो यात्रामा निस्कदै हुनुहुन्छ ? यसरी हेर्नुस् देशभरका सडकको लाइभ अपडेट

काठमाडौं – वर्षातको मौसम प्रारम्भ भइसकेको छ । यो अवस्थामा सडक मार्गबाट एक...

मारुती सुजुकी र टोयोटाले ल्याउन लागेको नयाँ कारमा विवाइडीको ब्लेड ब्याट्री प्रयोग हुने

मारुती सुजुकी र टोयोटाले ल्याउन लागेको नयाँ कारमा विवाइडीको ब्लेड ब्याट्री प्रयोग हुने

मारुती सुजुकी र टोयोटाले निकट भबिष्यमा ल्याउने तयारी थालेको इलेक्ट्रिक...

विश्वकै एड्भान्स्ड भेइकल फ्यासिलिटीबाट उत्पादन भएको जिकर ००१ ईभी सार्वजनिक ग-यो गिलीले

विश्वकै एड्भान्स्ड भेइकल फ्यासिलिटीबाट उत्पादन भएको जिकर ००१ ईभी सार्वजनिक ग-यो गिलीले

चीनको प्रसिद्ध अटोमोबाइल निर्माता कम्पनी गिली (जिली) को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...