नाडा कार्यसमितिको पहिलो बैठक आज, पदाधिकारी चयन हुने
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा हालै निर्वाचित नयाँ...
काठमाडौं – कुनै पनि सवारी साधन विदेशबाट आयात गरी नेपालमा बिक्री गर्दा निश्चित प्रतिशत रकम खर्चमा जोडेर केही प्रतिशत नाफाको व्यवस्था गरिएको हुन्छ । तर सो खर्च र नाफा प्रतिशत व्यावहारिक नभएकाले यसलाई व्यावहारिक बनाउन नाडाले सुझाव दिएको छ ।
नियमावली अनुसार सिधै ग्राहकलाई सवारी साधन बिक्री गरेको खण्डमा २० प्रतिशतसम्म र डिलर वापत बिक्री गरेमा ३० प्रतिशत उल्लेख गरिएको छ । त्यस्तै पेज नं. ३५ (क) को २० प्रतिशत (क) भनेको इन्भ्वाइस मूल्यमा उल्लेख गरिएको छ ।
उदाहरणको लागि कूनै पेट्रोलबाट चल्ने सवारी साधन १० लाख रुपैयाँमा आयात भएको छ र उक्त सवारी साधनमा २५० देखि ३५० प्रतिशतसम्म भन्सार लाग्छ । मानौं त्यसमा ३० लाख भन्सार तथा अन्य महशुल लागे पछि सवारी साधनको मुल्य ४० लाख हुन जान्छ । अब त्यसमा १० लाखको २० प्रतिशतले हुने २ लाखको मार्जिन जोड्ने हो भने त्यसको मूल्य ४२ लाख रुपैयाँ हुन जान्छ ।
नाडाले भनेको छ – उपनियम (ढ) मा उपभोक्तासंग लिने मूनाफा खण्ड (क) को बढीमा २० प्रतिशत तथा (ण) मा डिलरका लागि छुट सहितको मूनाफा (ढ ) को ३० प्रतिशत भन्ने उल्लेख भए अनुसार यो मुनाफाको समिकरणले अधिकतम खूद्रा मूल्य (MRP) मा कारोवार गर्दा लागत खर्च उठ्न सक्ने प्रश्न नै रहदैन । किनकी यो समिकरणमा सम्पुर्ण खर्चका खण्डहरु समाहित गरिएको छैन । जस्तै खण्ड (झ) (ञ) (ट) (ठ) र (ड) अतः यी खण्डका खर्चहरु मात्र खण्ड (क) को २० प्रतिशत तथा (ण) को ३० प्रतिशत ले कसरी परिपुर्ति गर्न सकिछ भन्ने प्रश्न पनि ज्वलन्त रुपमा रहन्छ । यो मुल प्रश्नको समाधानको पाटो पनि निराकरण होस् ।
तर सो मार्जिनले व्यवसाय गरेर जीविकोपार्जन गर्न सम्भव नै नहुने नाडाको भनाइ छ । किनकी व्यवसायीले बूझाउनु पर्ने बैंकको व्याजदरका साथै अन्य विभिन्न खर्चहरु समाहित गरिएको हून्छ । साथै त्यसैबाट ग्राहकलाई खुशी पार्न अनेक छुटहरु समेत दिनू पर्ने बाध्यता रहेको हुन्छ । यो स्थितिमा व्यवसायीहरुले यति थोरै मार्जिनमा कसरी आफ्नो व्यवसाय संचालन गर्न सक्छ, यो एउटा सोचनीय विषय भएको बताइएको छ ।
नाडाले भनेको छ, ‘हाम्रो सवारी साधनको व्यवसाय र खुल्ला अर्थतन्त्रमा के कति नाफा लियो भन्ने कुरा उल्लेख गर्नु उपयुक्त हूने देखिदैन किन भने अलग अलग कम्पनीको अलग अलग खर्च रहेको हून्छ । सामानको प्रकृति अनुसार अलग अलग तरिकाले बिक्री वितरण गर्नु पर्ने हुन्छ । त्यसमा धेरै कुराहरु ग्राहक समक्ष प्रस्तुत गर्नु पर्ने हुन्छ ।’
नाडाले यी र सम्बन्धित अन्य विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालसँग भेट गरी छलफल गरेको छ ।
छलफलमा नाडा अध्यक्ष करण चौधरीका साथै नाडाका सचिव विक्रम सिंघानिया र एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
सरकारले गत फागुन २५ को राजपत्रमा एजेन्सी दर्ता, दस्तुर र धरौटीका सम्बन्धमा नयाँ विवरण प्रकाशित गरेको छ । सोही विवरणका वारेमा नाडा र महानिर्देशक बिच विस्तृत रुपमा छलफल भएको हो ।
छलफलको अन्त्यमा महानिर्देशक चिलुवालले यस विषयमा देखिएका समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने बताउदै तत्सम्बन्धमा थप वर्कआउट गरी दुवै पक्षविच पुनः छलफल गर्ने बताए ।
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा हालै निर्वाचित नयाँ...
सरकारले हिजो सार्वजनिक गरेको बजेटका विषयमा विभिन्न क्षेत्रहरुबाट...
काठमाडौं–नाडा अटो शो २०२५ मा उत्कृष्ट स्टलको पुरस्कार दिपल, रोयल इनफिल्ड,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...