बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – लकडाउन पश्चात यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन खोलेको करिव डेढ महिनामै १० लाख भन्दा बढी आवेदन पुगेको छ ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालका अनुसार लाइसेन्स आवेदन दिनेको संख्या यति भए पनि अझै धेरैले दिन नपाएको गुनासो समेत गर्दै आएका छन् ।
यातायात व्यवस्था विभागले पुस ११ गतेदेखि औपचारिक रुपमा १० महिनापछि लाइसेन्स आवेदन खोलेको थियो ।
समाजिक सञ्जाल तथा यातायात व्यवस्था विभागमै पनि लाइसेन्स आवेदन दिन नपाएको गुनासो सेवाग्राहीले गर्दै आएका छन् । सेवाग्राहीकै गुनासोलाई सम्बोधन गर्दै गत हप्ता लाइसेन्स आवेदन अनलिमिटेड गरिएको थियो । अनलिमिटेड गर्दा पनि यातायात विभागको अनलाइन लाइसेन्स आवेदनमा समस्या कायमै छ ।
अबको दुई महिनामा लाइसेन्स आवेदन दोब्बर हुने विभागको भनाइ छ । भुसालका अनुसार अहिले १० लाख अवेदकको लिखित तथा ट्रायल परिक्षा तीन महिना देखि पाँच महिनाको ग्यापमा हुनेछ । अझ यातायात कार्यालयमै गएर फारम भर्नेको कुनै तथ्याङ्क नै छैन् ।
अहिले विभागसँग एक लाख पनि स्मार्ट कार्ड बाँकी छैनन् भने १५ लाख स्मार्टकार्डको लागि नयाँ टेन्डर आह्वान गर्ने तयारीमा विभाग छ । अहिलेकै अवस्थामा लाइसेन्स आवेदक बढ्ने र स्मार्टकार्डको अभाव हुने हो भने सेवाग्राहीले लाइसेन्स पाउन बषौं लाग्ने अवस्था आउन सक्ने बताइएको छ ।
लाइसेन्सका लागि आवश्यक प्रक्रिया झन्झटिलो भएको गुनासो आएकाले आगामी दिनमा यसको प्रक्रियालाई सरलीकरण गर्ने गरी विभागले आवश्यक तयारी समेत गरिरहेको बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...