होन्डाको दुई नयाँ कार नेपाल आउँदै, यस्तो छ फिचर, पावर र पर्फमेन्स

होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सेडान कार सीटी हाइव्रिड र कम्प्याक्ट एसयूभी एलिभेट नेपाल ल्याउने भएको छ । भारतमा उत्पादन भएका यी दुई कारमध्ये सीटी हाइव्रिड जुलाई महिनाभित्रै नेपाल आइसक्ने र अर्को एसयुभी एलिभेट सेम्टेम्वरसम्म आइपुग्ने कम्पनीले जनाएको छ । यी नयाँ कारको मूल्य कति निर्धारण हुन्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी भने दिएको छैन ।

सीटी हाइव्रिड
नेपाली बजारमा उपलब्ध हुने यो पहिलो हाइब्रिड सेडान हुनेछ । यसमा १.५ लिटरको पेट्रोल इन्जिनका साथै २ वटा मोटर र सेशलफ चार्जिङ सुविधा भएको इन्टेलिजेन्ट लिथियम आयोन ब्याट्री छ । आवश्यकता अनुसार यसलाई हाइब्रिड तरिकाले चलाउन सकिन्छ । यसले ९६.५ बीएचपी पावर र १२७ एनएम टर्क जेनेरेट गर्छ ।

१६५ एमएम ग्राउन्ड क्लियरेन्स भएको सो कारको टर्निङ रेडियस ५.३ मिटर र फ्युल ट्यांक ४० लिटर छ । त्यसैगरी यसको बुट स्पेस ३०६ लिटर छ । यसको माइलेज २६.५ किलोमिटर भएको कम्पनीको दावी छ ।

एडीएएस तथा इफिसियन्ट इलेक्ट्रिक रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायत क्रुज कन्ट्रोल, लेन किप असिस्ट सिस्टम, क्विक डिप्लोइमेन्ट टेक्नोलोजी सहितको ६ एयरब्याग, अटोमेटिक ब्रेक होल्ड सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल आदि सुविधा यसमा उपलब्ध छन् ।

एलीभेट
कम्प्याक्ट एसयूभीको वढ्दो बजार मागलाई मध्येनजर गरी आउन लागेको एलीभेटमा १.५ लिटर पेट्रोल इन्जिन जडान गरिएको छ । सो इन्जिनले १२१ पीएस पावर र १४५ एनएम टर्क जेनेरेट गर्नसक्ने सामाथ्र्य राख्छ । यो नयाँ एसयूभी ६ स्पिड म्यानुअल र ७ स्पिड सीभीटी ट्रान्समिसनमा उपलब्ध हुनेछ । यसको ग्राउन्ड क्लिरियन्स २२० एमएम रहेको छ ।

एलीभेटमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको टीएफटी एचडी कलर मिटर, वायरलेस स्मार्ट फोन चार्जर, एलइडी प्रोजेक्टर हेडल्याम्प, आरामदायी क्याविन, होन्डा सेन्सिङ एडिएएस फिचर, ६ वटा एयरव्याग, भेइकल स्ट्याविलीटी एसिस्ट, हील स्टार्ट एसिस्ट, एविएस, इविडी, इएसएस र रियर पार्किङ सेन्सर लगायत फिचर पाउन सकिन्छ ।

भारतीय बजारमा सो एसयूभी ४ भेरिएन्टमा उपलब्ध रहेपनि नेपालमा कुनकुन भेरिएन्ट आउँछ भन्ने विषयमा अहिले नै प्रष्ट भइनसकेको कम्पनी स्रोतले वताएको छ । भेरिएन्ट अनुसार यसको फिचर समेत फरकफरक रहेको छ । सो एसयुभीले नेपाली बजारमा हुन्डाई क्रेटा र किया सेल्टोससंग सिधा प्रतिस्पर्धा गर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक टु–ह्विलरका लागि भारतमा होन्डाको छुट्टै प्लान्ट, २०३० सम्ममा ३० मोडल ल्याउने

इलेक्ट्रिक टु–ह्विलरका लागि भारतमा होन्डाको छुट्टै प्लान्ट, २०३० सम्ममा ३० मोडल ल्याउने

होन्डाले भारतमा इलेक्ट्रिक टु–ह्विलरका लागि छुट्टै डेडिकेटेड प्लान्ट...

होन्डा एनएसएक्स ४ वर्षपछि लिमिटेड एडिसनमा पुनरागमन

होन्डा एनएसएक्स ४ वर्षपछि लिमिटेड एडिसनमा पुनरागमन

होन्डाको प्रतिष्ठित स्पोर्ट्स कार एनएसएक्स फेरि एकपटक चर्चामा आएको छ। ४...

४ लाख बढेर आयो होन्डा सिआरएफ ३०० एल

४ लाख बढेर आयो होन्डा सिआरएफ ३०० एल

काठमाडौं– होन्डाको प्रिमियम अफरोड बाईक सिआरएफ ३०० एल अपडेट भएर नेपाल आएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...