हुन्डाई आई–२० मा थपियो नयाँ भेरिएन्ट, यस्ता छन् सुबिधा
हुन्डाईले आई–२० ह्याचब्याकको नयाँ भेरियन्ट ल्याएको छ । स्पोर्टज्(ओ) नामले...
हुन्डाईले आफ्नो नयाँ विद्युतीय एसयूभी आयोनिक३ सार्बजनिक गरेको छ । कम्पनीले आयोनिक३ को प्रडक्सन स्पेक सार्बजनिक गरेको हो, जुन किया ईभी२ मा आधारित रहने जनाइएको छ । हुन्डाइको सो नयाँ मोडल युरोपेली बजारलाई लक्षित गरी ल्याउन लागिएको हो ।
आयोनिक३ हुन्डाईको ४०० भोल्ट इलेक्ट्रिक–ग्लोबल मोड्युलर प्लेटफर्म (ई–जीएमपी) मा आधारित रहने उल्लेख गरिएको छ । नयाँ एसयूभी ४२.२ किलोवाट आवर र ६१ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ भने रेन्ज क्रमशः ३४४ किलोमिटर र ४९६ किलोमिटर दाबी गरिएको छ ।
एसयुभीमा अगाडि माउन्ट गरिएको इलेक्ट्रिक मोटर जडान गरिनेछ जसले १३३ बीएचपी पावर र २५० एनएम टर्क जेनरेट गर्दछ । साथै, यसको एनलाइन भेरिएनटले १४५ बीएचपी र २५० एनएम टर्क जेनेरेट गर्दछ । यस एसयूभीलाई १७० किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिन्छ ।
आयोनिक३ को डिजाइन ब्रान्डको ‘आर्ट अफ स्टील’ दर्शनमा आधारित रहेको छ । कारमा पिक्सेल–एलईडी डीआरएल सहितको स्प्लिट हेडल्याम्प डिजाइन, पछाडि स्पोइलर भएको स्लोपिङ रूफलाइन र स्लिम ¥यापराउन्ड एलईडी टेललाइट उपलब्ध गराइएको छ ।
इन्टेरियरको कुरा गर्नुपर्दा एसयूभीमा लेयर्ड डिजाइन भएको तेर्सो ड्यासबोर्ड उपलब्ध हुनेछ । जसको केन्द्रमा १४.६–इन्चको टचस्क्रिन राखिएको छ भने ड्यासबोर्डको माथि स्लिम डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर बसेको छ । ईभीमा भेन्टिलेटेड सिटहरू, डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, बोस साउन्ड सिस्टम र हुन्डाईको नयाँ एन्ड्रोइड–आधारित प्लेओस कनेक्ट इन्फोटेनमेन्ट प्रणाली जस्ता सुविधाहरू छन् ।
सुरक्षका लागि यसमा एडप्टिभ क्रूज कन्ट्रोलका साथ एडास, अटो इमर्जेन्सि ब्रेकिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, सराउन्ड भ्यू क्यामेरा, एडप्टिभ हेडल्याम्प, ७ वटा एयरब्याग ईससी र हिल–होल्ड कन्ट्रोल गायत सेफ्टि फिचर राखिएका छन् ।
हुन्डाईले आई–२० ह्याचब्याकको नयाँ भेरियन्ट ल्याएको छ । स्पोर्टज्(ओ) नामले...
काठमाडौं– हुन्डाई मोटर्स इन्डियाले अन्ततः नयाँ पुस्ताको २०२५ भेन्यु...
हुन्डाईले आधिकारिक रूपमा भारतमा क्रेटा फेसलिफ्ट सार्वजनिक गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...