टेस्ला कारमा जुम चलाउन सकिने, कारभित्रै बाट मिटिङ एटेन्ड गर्न सकिने

ट्राफिक जाममा परेर कारकै भित्र बस्न बाध्य भए पनि अब समस्या नहुने भएको छ । अब टेस्ला ड्राइभ गर्नेहरुले गाडीबाट सिधै जुम कलमा ज्वाइन गर्न सक्ने छन् ।

ड्राइभ टेस्ला क्यानडामार्फत गत मंगलबार भएको जुमटोपिया २०२२ मा जुम आफैले यो घोषणा गरेको हो । टेस्लाले यसका लागि आवश्यक कार्य गरिरहेको बताएको छ ।

सन् २०२० अप्रिलमा केही टेस्ला ड्राइभरहरुले सीईओ एलन मस्कलाई कारको इन्टेरियर क्यामेराको प्रयोग गरी जुम मिटिङ प्रयोग गर्न सकिने वारेमा सोधेका थिए । त्यसपछि जुमले यसको वारेमा आधिकारिक धारणा सार्वजनिक नगरे पनि एक महिना पश्चात मस्कले भिडियो कन्फ्रेन्सिङमार्फत यसलाई ‘फ्युचर फिचर’ को रुपमा अवश्य पनि प्रयोग गर्ने बताएका थिए ।

हाल जुमकी ग्रुप प्रोडक्ट म्यानेजर निताशा वालियाले जुम अब ‘अल न्यु टेस्ला मोडल’ का साथ छिट्टै बजारमा आउने बताइन् । उनले प्रस्तुत गरेको छोटो डेमोमा कारको बिल्ट–इन क्यालेन्डर फिचरमार्फत जुम कल एक्सेस गर्न सकिने गरी कारको क्याबिन क्यामेरा तथा अन्यको प्रयोग देखाइएको छ ।

यद्यपि यसका वारेमा अन्य सेफ्टी फिचर तथा थप विवरण भने अझै सार्वजनिक भएको छैन । यसका लागि वाईफाई मात्र प्रयोग गर्न सकिने वा टेस्लाको प्रिमियम कनेक्टिभिटी उपयोग गर्न सकिने वारेमा पनि केही बताइएको छैन । ड्राइभिङ गरिरहेको समयमा भने यसलाई प्रयोग गर्न नसकिने अप्सन पनि हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जितेको ओमोडा ई५ कार (फिचर र मूल्यसहित)

यस्तो छ दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जितेको ओमोडा ई५ कार (फिचर र मूल्यसहित)

काठमाडौं–सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह...

ओकायाले ल्यायो १२५ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

ओकायाले ल्यायो १२५ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

ओकाया इलेक्ट्रीकले भारतमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ ।...

चार्जिङ नेटवर्क विस्तारमा आक्रामक बन्दै सीजी मोटर्स, देशकै ठूलो नेटवर्क बन्दै

चार्जिङ नेटवर्क विस्तारमा आक्रामक बन्दै सीजी मोटर्स, देशकै ठूलो नेटवर्क बन्दै

काठमाडौं – नेपालमा किङलङ र केवाईसी लगायतका इलेक्ट्रिक सवारी साधन उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...