बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– जोन्टेसको नयाँ एड्भेन्चर टुरर मोटरसाइकल नेपाल आएको छ । आधिकारिक वितरक आइरन मंकले चिनियाँ ब्रान्ड जोन्टेसको ३५० टी मोडललाई केही समयअघि नेपाल ल्याएको हो । सो नयाँ मोटरसाइकलको सुरुवाती मुल्य १० लाख ९९ हजार निर्धारण गरेर बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।
जोन्टेस ३५० टीमा यूरो–५ मापदण्डयुक्त ३४८ सिसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ । जसको पावर ३८.८ हर्स पावर र टर्क ३२.८ एनएम रहेको छ । ६ स्पिड गियर वक्स दिइएको उक्त मोटरसाइकलमा चेन ड्राइभ सिस्टम पाउन सकिन्छ ।
सो मोटरसाइकलको अगाडी ४३ एमएमको यूएसडी फर्क र पछाडी मोनोशक सस्पेन्सन दिइएको छ । साथै यसमा वोस्क कम्पनीको डुअल च्यानल एविएस पाउन सकिन्छ । साथै यसमा डबल डिस्क ब्रेक, एलएलईडी लाइट, कि–लेस कन्ट्रोल, टीएफटी डिस्प्ले, यूएसबी पोर्ट, असिस्ट स्लिपर क्लच जस्ता फिचर दिइएको छ ।
रेडियल टायर, ट्यूबलेस स्पोक ह्वील, की–लेस, अटो एड्जस्टेवल विन्ड सिल्ड, एड्जस्टेवल गियर तथा ब्रेक लिभर, टायर टेम्प्रेचर तथा एयर प्रेसर नोटिफिकेशन जस्ता ‘फस्र्ट इन सेग्मेन्ट’ फिचर यो मोटरसाइकलमा पाउन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...