यस्तो छ नेपाली बजारमा हालै भित्रिएको जोङसेनको आरएक्स–३ मोटरसाइकल

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएका जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर मध्ये आरएक्स–३ मोटरसाइकल एक हो । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यो मोटरसाइकल नेपाली बजारमा बिक्री–वितरण गरिरहेको छ ।

आरएक्स–३ मोटरसाइकलको मूल्य ६ लाख १९ हजार रुपैयाँ तोकिएको छ । जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोवाट पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स जडान गरिएको छ ।

एड्भेन्चरका लागि उपयुक्त भएकाले यसमा सेगमेन्टकै सबैभन्दा बढी १५ लिटरको इन्धन ट्यांकी छ । त्यसैगरी ८२० एमएम सिट हाइट भएको यो मोटरसाइकलमा करिव १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने ४५ लिटर क्षमताको आल्मुनियम बक्स निःशुल्क उपलब्ध हुन्छ ।

यो मोटरसाइकलमा बीएमडब्ल्युको जस्तै स्लिक बम्पर छ भने फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मोबाइल चार्जिङका लागि युएसबी पोर्ट समेत छ । २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा बताइएको छ भने सिंगल रियर सक, दुवै पांग्रामा डिस्क ब्रेक आदि विभिन्न फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

काठमाडौं– केटिएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज...

आइतबार देखि बाइकर्स क्याफेमा केटीएम टेस्ट राइड, निःशुल्क पेय पदार्थ उपलब्ध हुने

आइतबार देखि बाइकर्स क्याफेमा केटीएम टेस्ट राइड, निःशुल्क पेय पदार्थ उपलब्ध हुने

काठमाडौं – केटीएम नेपालले मोटरसाइकल प्रेमीहरुलाई आफ्ना नयाँ मोडलहरु...

केटीएम २५० एड्भेन्चर : आरमदायी यात्रा र रोमाञ्चक यात्राको अनुभुती

केटीएम २५० एड्भेन्चर : आरमदायी यात्रा र रोमाञ्चक यात्राको अनुभुती

नेपाली युवा राइडरको रोजाइमा पर्न सफल केटीएम एक प्रिमियम टु ह्विलर ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...