अपडेट भएर आयो जीकर एक्स, यस्तो छ मूल्य र विशेषता

जीकरको लोकप्रिय ईभी मोडल एक्स अपडेट भएर आएको छ । नयाँ जीकर एक्सको मूल्य चिनियाँ बजारमा २१ हजार ८०० देखी २४ हजार ६०० डलरसम्म निर्धारण गरिएको छ ।

सो नयाँ कारको ग्रिलमा एकीकृत इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडलाइट जडान गरिएको छ । भित्र, १४.६ इन्चको इलेक्ट्रिक स्लाइडिङ स्मार्ट स्क्रिन राखिएको छ । उक्त डिस्प्लेमा ३५३ मिमी इलेक्ट्रिक स्लाइड रेल छ, जसले यसलाई ड्राइभिङ र मनोरञ्जन मोडहरू बीच स्विच गरेर तेस्रो लरहमा सार्न अनुमती दिन्छ । कारमा राखिएको उक्त स्क्रिनलाई इशाराकै भरमा सेन्टरबाट प्यासेन्जर साइडमा सार्न सकिन्छ ।

कारमा मोबाइल फोन चार्ज गर्नका लागि ५० वाट क्षमताको वायरलेस फास्ट–चार्जिङ प्याड, अगाडिको यात्रुको लागि इलेक्ट्रोनिक पासवर्ड ग्लोभ बक्स, ६.६ लिटर स्टोरेज वक्स, ५.७ लिटरको सेन्ट्रल आइल्याण्ड रेफ्रिजरेटर लगायत सुबिधा पाउन सकिन्छ ।

नयाँ जीकर एक्स ६१ किलोवाट आवर र ६६ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । जसको रेन्ज ५३० र ५१२ किलोमिटर दाबी गरिएको छ । नयाँ कार डुअल मोटर भेरिएन्टमा समेत उपलब्ध छ ।

उत्कृष्ट ह्यान्डलिङ र सुरक्षाको लागि कारमा इन्टेलिजेन्ट फोर–ह्वील–ड्राइभ सिस्टम, इन्टेलिजेन्ट एन्टी–स्किड सिस्टम र फोर–पिस्टन क्यालिपर दिइएको छ । साथै, उन्नत चालक सहायताको लागि यसमा जिकरले आफ्नो एडी सिस्टम समेत उपलब्ध गराएको छ ।

सम्बन्धित समाचारहरू

परीक्षणका लागि साझाले ३ वटा विद्युतीय बस ल्याउँदै

परीक्षणका लागि साझाले ३ वटा विद्युतीय बस ल्याउँदै

काठमाडौं- निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय...

ईभी बजारमा चाइनिज एयरलाइनको प्रवेश, चीनमा डेब्यु गर्नु अघि थाइल्यान्डमा लन्च ग-यो पहिलो ईभी

ईभी बजारमा चाइनिज एयरलाइनको प्रवेश, चीनमा डेब्यु गर्नु अघि थाइल्यान्डमा लन्च ग-यो पहिलो ईभी

चाइनिज एयरलाइन जुनयाओ एयरलाइनले चाइनिज घरेलु बजारमा डेब्यु गर्नु अघि...

नियूको एक्सचेन्ज क्याम्पेन आजदेखी शुरु, नगद छुट र अतिरिक्त एक्सचेन्ज मूल्यांकन पाइने

नियूको एक्सचेन्ज क्याम्पेन आजदेखी शुरु, नगद छुट र अतिरिक्त एक्सचेन्ज मूल्यांकन पाइने

इलेक्ट्रिक स्कुटर नियूले आजदेखी एक्सचेन्ज क्याम्पेन आयोजना गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...