जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया हुने, इलेक्ट्रिक स्कुटर साट्न सकिने

काठमाडौं – सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना गर्ने भएको छ । आगामी मंगलबार देखि आफ्नो नक्साल, नारायणचौरस्थित शोरुममा शुरु हुने सो ४ दिने क्याम्प आगामी शुक्रबार सम्म चल्ने छ ।

रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले यी दुवै ब्रान्डको आधिकारिक वितरकको जिम्मेवारी लिएसँगै बजार र ग्राहकको आवश्यकता अनुरुप अगाडि बढाउने लक्ष्य लिएको र त्यसबाट प्रेरित भएर बिक्री र बिक्री पछिको सेवालाई विशेष ध्यान दिदै आफ्ना योजनाहरु द्रुत गतिमा अगाडि बढाएको बताएको छ ।

सेन्टरले आफ्नो ईभी स्कुटर जीहो ब्रान्डको उच्चतम प्रविधि, डिजाइन र फरक विशेषताको वारेमा धेरै ग्राहकलाई जानकारी प्रदान गर्नका लागि उपत्यका भित्रका विभिन्न स्थान, कर्पोरेट हाउस, कार्यालय, आईटी कम्पनी, मल आदिमा प्रोडक्ट डिस्प्ले गर्नुका साथै टेस्ट राइड जस्ता कार्यक्रम समेत उपलब्ध गराउदै आएको छ ।

यसै सन्दर्भमा ईभी मोबिलिटीको राइडिङ एक्सपेरियन्स ग्राहकलाई गराउने उद्देश्यका साथ ४ दिने जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना गर्न लागेको सेन्टरको भनाइ छ । ग्राहकले एक्सचेन्ज एन्ड अपग्रेड मेनियामा आफ्ना पुराना बाइक वा स्कुटरको प्रतिस्पर्धात्मक मूल्यांकन गराउने र स्पट फाइनान्सका साथै बजार मूल्यांकनमा थप २५ हजार सम्म उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ । यी विभिन्न सुविधाका साथ ग्राहकले प्रत्येक खरिदमा निःशुल्क हेलमेट र आकर्षक उपहार समेत प्राप्त गर्नेछन् ।

नेपाली बजारमा हाल जीहो ब्रान्डका एई६ प्लस र एई८ गरी दुई मोडल बिक्रीका लागि उपलब्ध छन् । कम्पनीले बिक्रीका लागि उपलब्ध गराएका यी दुई मोडलमा जीहो राइड एप्स, लिथियम आयोन ब्याट्री, आईपी ६७ प्रोटेक्सन, सेन्सर, जीहो ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) जस्ता विशेषताहरु उपलब्ध छन् ।

जीहो एई६ प्लसमा १.८ किलोवाटको ब्याट्री, ५.५ किलोवाट पिक पावरको साइड मोटर छ भने जम्मा ३.५ घण्टा चार्ज गरी अधिकतम ९० किलोमिटरको रेन्ज पाउन सक्ने छन् । यसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ ।

त्यसैगरी एई८ मोडलको सकुटरमा १२.५ किलोवाटको पिक पावर रहेको मिड–माउन्टेड मोटर र ४.४ किलोवाट आवरको डबल ब्याट्री पाउन सकिन्छ । यसलाई ४ घण्टा चार्ज गर्दा अधिकतम १६० किलोमिटरको रेन्ज पाउन सकिन्छ । यसको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा छ ।

सम्बन्धित समाचारहरू

एन्टी थेफ्ट अलार्म र लाइभ ट्रयाकिङ जस्ता फिचर भएको इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स

एन्टी थेफ्ट अलार्म र लाइभ ट्रयाकिङ जस्ता फिचर भएको इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स

जिमोपाइले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स भारतमा लन्च...

टिभिएसले आज आईक्यूवको लङ रेन्ज भेरियन्ट लन्च गर्ने

टिभिएसले आज आईक्यूवको लङ रेन्ज भेरियन्ट लन्च गर्ने

भारतीय टु ह्विलर निर्माता टिभिएस मोटर्सले आज आफ्नो इलेक्ट्रिक स्कुटर...

जेठमा भित्रिए १५३ इलेक्ट्रिक कार, ११ महिनामा भित्रिए १७०४

जेठमा भित्रिए १५३ इलेक्ट्रिक कार, ११ महिनामा भित्रिए १७०४

काठमाडौं – गत जेठ महिनामा नेपाली बजारमा १५३ युनिट इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...