याडिया किनेस इलेक्ट्रिक मोटरसाइकल नेपालमा, मूल्य ६ लाख ६० हजार
काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले...
काठमाडौं – नेपालका लागि सीएफमोटो र जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले हिजो देखि सुरु गरेको ‘जीहो ईभी केयर क्याम्प’ नामक फ्रि इलेक्ट्रिक स्कुटर चेकअप कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ ।
यस अन्तर्गत इलेक्ट्रिक स्कुटरको ब्याट्री हेल्थ र चार्जिङ सिस्टम चेक, सफ्टवेयर एन्ड पर्फमेन्स स्क्यान, मोटर एन्ड कन्ट्रोलर इन्स्पेक्सन, ब्रेक एन्ड सस्पेन्सन चेक तथा टायर, लाइट एन्ड इलेक्ट्रिकल डायग्नोस्टिक्स गरिएको छ ।
सो क्याम्प आगामी माघ २९ सम्म हुनेछ । सो अवसरमा रनिङ पार्ट्समा २० प्रतिशत र अन कभर आइटम एन्ड एसेसरिजमा ३५ प्रतिशत सम्म छुट जस्ता आकर्षण समेत रहने छन् ।
जीहो ब्रान्डका इलेक्ट्रिक स्कुटर सो अवसरमा चेकअप गर्न सकिने ऋषि ट्रेड सेन्टरका जनरल म्यानेजर उज्वल जोशीले बताए । आफ्ना स्कुटरको राम्रो सर्भिसिङ वाहेक अन्य आकर्षक अफरको समेत फाइदा लिन उनले अनुरोध गरे । उनले भने - क्याम्पमा प्रयोगकर्ताहरूको अपेक्षा भन्दा बढी सहभागिता देखिएको छ। दुईपाङ्ग्रे विद्युतीय सवारीसाधनमा जीहोले सुरु गरेको यस पहलले ग्राहकहरूमा अझ बढी विश्वास र आत्मविश्वास बढाएको प्रष्ट देखिन्छ।
अहिलेको युग विद्युतीय सवारीसाधनको युग भएकाले कम्पनीले बिक्रीपछिको सेवामा निरन्तरता दिने प्रतिबद्धता समेत स्पष्ट पारेको छ। उन्नत प्रविधि, लामो ब्याट्री लाइफ साइकल र उच्च मोटर क्षमतासहित प्रस्तुत जीहोका ईभी स्कुटरहरू क्रमशः ग्राहकहरूको पहिलो रोजाइ बन्दै गएको देखिन्छ।
नेपाली बजारमा जीहो एई ६, एई ४ र एई ८ इलेक्ट्रिक स्कुटर पहिले देखि नै बिक्रीका लागि उपलब्ध छन् । यी स्कुटरमा जीहो राइड एप्स, लिथियम आयोन ब्याट्री, आईपी ६७ प्रोटेक्सन, सेन्सर, जीहो ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) जस्ता विशेषताहरु उपलब्ध छन् ।
काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकका सीईओ...
चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले गत वर्ष भन्दा २०२३ मा ८०.७ प्रतिशत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...