नेटा अटोले उत्पादन पार ग-यो ३ लाख युनिट उत्पादनको माइलस्टोन
प्रसिद्ध चाइनिज इलेक्ट्रिक कार कम्पनी नेटा अटोले आफ्नो ३ लाखौं कार...
काठमाडौं – नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले ‘जीहो ईभी केयर क्याम्प’ नामक फ्रि इलेक्ट्रिक स्कुटर चेकअप कार्यक्रम गर्ने भएको छ ।
यस अन्तर्गत इलेक्ट्रिक स्कुटरको ब्याट्री हेल्थ र चार्जिङ सिस्टम चेक, सफ्टवेयर एन्ड पर्फमेन्स स्क्यान, मोटर एन्ड कन्ट्रोलर इन्स्पेक्सन, ब्रेक एन्ड सस्पेन्सन चेक तथा टायर, लाइट एन्ड इलेक्ट्रिकल डायग्नोस्टिक्स गरिने छ ।
आज देखि सुरु भएको सो क्याम्प आगामी माघ २९ सम्म हुनेछ । सो अवसरमा रनिङ पार्ट्समा २० प्रतिशत र अन कभर आइटम एन्ड एसेसरिजमा ३५ प्रतिशत सम्म छुट जस्ता आकर्षण समेत रहने छन् ।
जीहो ब्रान्डका इलेक्ट्रिक स्कुटर सो अवसरमा चेकअप गर्न सकिने कम्पनीले बताए । आफ्ना स्कुटरको राम्रो सर्भिसिङ वाहेक अन्य आकर्षक अफरको समेत फाइदा लिन कम्पनीले अनुरोध गरेको छ।
नेपाली बजारमा जीहो एई ६ ,एई ४ र एई ८ इलेक्ट्रिक स्कुटर पहिले देखि नै बिक्रीका लागि उपलब्ध छन् । यी स्कुटरमा जीहो राइड एप्स, लिथियम आयोन ब्याट्री, आईपी ६७ प्रोटेक्सन, सेन्सर, जीहो ब्याट्री म्यानेजमेन्ट सिस्टम ,रडार ,रिभर्स गियर,क्रुज कन्ट्रोल जस्ता विशेषताहरु उपलब्ध छन् ।
जीहो ब्रान्डका स्कुटरको बिक्री र बिक्री पछिको सेवालाई सहज बनाउन ऋषि ट्रेड सेन्टरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शोरुम र सर्भिस सेन्टर विस्तार गरेको छ । कम्पनीले हाल, नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम सञ्चलान गरिरहेको छ भने कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टर स्थापना गरेको छ ।
प्रसिद्ध चाइनिज इलेक्ट्रिक कार कम्पनी नेटा अटोले आफ्नो ३ लाखौं कार...
काठमाडौं – नेपालका लागि एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले...
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने एमजी एस५ को मूल्य सार्वजनिक भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...