ट्रान्स हिमालय एड्भेन्चरको तयारी पुरा, भोलि मुस्ताङ प्रस्थान गर्दै बाइकरहरु
काठमाडौं – काठमाडौं देखि मुस्ताङ सम्म बाइकरहरुको सम्मिलित हुने मोटरसाइकल...
अन्श्री बराल सम्भवतः नेपालकै कान्छी राइडर र रेसर बन्ने क्रममा छिन् । हाल चलिरहेको रेसनारी २०२५ इभेन्टको सिलसिलामा मोटर स्पोट्र्स नेपाल क्लबले अन्श्री बराललाई हिजो राइडरको रुपमा अनुमोदन गरेको छ ।
नेपालमा मोटरसाइकल वा स्कुटर जस्ता अटोमोबाइलसँग सम्बन्धित रेसिङ कार्यक्रम आयोजना गर्ने स्वीकृति प्रदान गर्ने निकाय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँग आवद्ध क्लब मोटर स्पोर्ट्स नेपाल क्लबले हाल ललितपुरको सातदोबाटोस्थित खेलकुद परिसरमा रेसिङ सम्बन्धी प्रतियोगिता रेसनारी २०२५ आयोजना गरिरहेको छ । यसको फाइनल खेल आज हुँदैछ ।
सोही अवसरमा भर्खरै १६ वर्ष उमेरकी अन्श्रीलाई क्लबले अनुमोदन गरेको हो । अन्श्रीले बाइक चलाउनका लागि लाइसेन्स प्राप्त गरिसकेकी छिन् । उनलाई अब अर्को सिजनको प्रतियोगिताका लागि आवश्यक तालिम दिइने क्लबका एक्जिक्युटिभ डाइरेक्टर विनोद तण्डुकारले जानकारी दिए ।

क्लबका अध्यक्ष सर्जल वैद्यका साथै सीएफमोटो नेपालका जनरल म्यानेजर उज्वल जोशी समेतको उपस्थितिमा नेपाल अटोमोबाइल्स एसोसिएसनका सहकोषाध्यक्ष कमला क्षेत्रीद्वारा अन्श्रीलाई राइडरको रुपमा अनुमोदन गरिएको थियो ।
लामो समय देखि नेपालमा टु ह्विलर रेसिङ प्रतियोगिताको आयोजना गरिरहेको नेपाल मोटर स्पोर्ट्स क्लबको सक्रियतामा रेसरहरुलाई प्रतियोगितामा सहभागी गराउनुका साथै नेपाल वाहिर समेत विभिन्न देशका प्रतियोगितामा सहभागी हुने अवसर क्लबले प्रदान गरिरहेको छ ।
काठमाडौं – काठमाडौं देखि मुस्ताङ सम्म बाइकरहरुको सम्मिलित हुने मोटरसाइकल...
अष्ट्रेलियामा कार्यरत नेपाली मोटर स्पोर्ट्समा विगतमा संलग्न नेपालीहरु...
काठमाडौं – नेपालमा पहिलो पटक फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम)...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...