इलेक्ट्रिक मोटरसाइकलमा फोन कनेक्ट गर्ने फिचर राख्दै नेपाली ब्राण्ड यात्री

काठमाडौं– नेपालली इलेक्ट्रिक टु–ह्विलर ब्राण्ड यात्रीले आफ्नो नयाँ मोडेलको मोटरसाइकलमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो उपलब्ध गराउने भएको छ । सामाजिक सञ्जालमार्फत कम्पनीले नयाँ फिचरको बारेमा जानकारी दिएको हो ।

विद्युतीय बाइकमा यस्तो फिचर नभएको र यात्रीले सार्वजनिक गर्ने नयाँ मोडेलमा यसलाई समावेश गर्न लागिएको कम्पनी स्रोतले बताएको छ । कम्पनीका अनुसार छिट्टै लन्च हुने तयारीमा रहेको पी१ मोडलरको सेकेन्ड जेनेरेसन बाइकमा यो फिचर समावेश गर्न लागिएको हो । प्राय गाडीमा मात्र उपलब्ध हुने यो फिचरलाई इलेक्ट्रिक टु–ह्विलरमा विश्वमै पहिलोपटक उपलब्ध गराउन लागेको कम्पनीले दावी गरेको छ ।

यो फिचर उपलब्ध भएपछि यात्री मोटरसाइकलमा सवार गर्ने राइडरले आफ्नो एन्ड्रोइड वा आईओएस डिभाइसलाई बाइकको डिस्प्लेसंग कनेक्ट गरी त्यसको फाइदा लिन सक्नेछन् । कम्पनीले २०२४ भित्रै नयाँ जेनेरेसनको मोटरसाइकल ल्याउने गरी अहिले विभिन्न चरणमा यसको परिक्षण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स

१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स

काठमाडौं – प्रसिद्ध नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात एमआरबी भ्लग्स...

जोनसेनका मोटरसाइकल नाडा अटो शो पहिले लन्च हुने, अटो शोमा अवलोकन गर्न पाइने

जोनसेनका मोटरसाइकल नाडा अटो शो पहिले लन्च हुने, अटो शोमा अवलोकन गर्न पाइने

काठमाडौं – नेपाली बजारमा जोनसेनका मोटरसाइकल उपलब्ध हुने भएका छन् ।...

हिरोको नजिक पुग्यो होन्डा वाइकको बिक्री, यी हुन् जुलाईमा भारतमा बिक्री भएका ६ ठूला ब्रान्ड

हिरोको नजिक पुग्यो होन्डा वाइकको बिक्री, यी हुन् जुलाईमा भारतमा बिक्री भएका ६ ठूला ब्रान्ड

भारतको दोस्रो ठूलो टु ह्विलर उत्पादक होन्डाले जुलाई महिनामा मोटरसाइकल र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...