इलेक्ट्रिक मोटरसाइकलमा फोन कनेक्ट गर्ने फिचर राख्दै नेपाली ब्राण्ड यात्री

काठमाडौं– नेपालली इलेक्ट्रिक टु–ह्विलर ब्राण्ड यात्रीले आफ्नो नयाँ मोडेलको मोटरसाइकलमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो उपलब्ध गराउने भएको छ । सामाजिक सञ्जालमार्फत कम्पनीले नयाँ फिचरको बारेमा जानकारी दिएको हो ।

विद्युतीय बाइकमा यस्तो फिचर नभएको र यात्रीले सार्वजनिक गर्ने नयाँ मोडेलमा यसलाई समावेश गर्न लागिएको कम्पनी स्रोतले बताएको छ । कम्पनीका अनुसार छिट्टै लन्च हुने तयारीमा रहेको पी१ मोडलरको सेकेन्ड जेनेरेसन बाइकमा यो फिचर समावेश गर्न लागिएको हो । प्राय गाडीमा मात्र उपलब्ध हुने यो फिचरलाई इलेक्ट्रिक टु–ह्विलरमा विश्वमै पहिलोपटक उपलब्ध गराउन लागेको कम्पनीले दावी गरेको छ ।

यो फिचर उपलब्ध भएपछि यात्री मोटरसाइकलमा सवार गर्ने राइडरले आफ्नो एन्ड्रोइड वा आईओएस डिभाइसलाई बाइकको डिस्प्लेसंग कनेक्ट गरी त्यसको फाइदा लिन सक्नेछन् । कम्पनीले २०२४ भित्रै नयाँ जेनेरेसनको मोटरसाइकल ल्याउने गरी अहिले विभिन्न चरणमा यसको परिक्षण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

इनड्राइभ नेपालले सुरु ग-यो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकलाई सुनौलो अवसर

इनड्राइभ नेपालले सुरु ग-यो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकलाई सुनौलो अवसर

काठमाडौं – विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म...

पाेखरामा खुल्याे एसजे मोटोको नयाँ शाखा, यात्रु र कफी प्रेमीको हब बन्ने विश्वास 

पाेखरामा खुल्याे एसजे मोटोको नयाँ शाखा, यात्रु र कफी प्रेमीको हब बन्ने विश्वास 

पोखरा – एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै पोखरामा नयाँ अनुभव...

एनपीएल सिजन २ आजदेखि, फरक प्रकारले सहभागिता जनाउँदै छन् यी अटोमोबाइल कम्पनी

एनपीएल सिजन २ आजदेखि, फरक प्रकारले सहभागिता जनाउँदै छन् यी अटोमोबाइल कम्पनी

काठमाडौं – नेपाली क्रिकेटको सर्वाधिक प्रतिक्षित प्रतियोगिता नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...