उन्नत ईभी चार्जिङ समाधानको यात्रामा यात्री इनर्जी, नयाँ प्लेटफर्मको विकास गर्दै

काठमाडौं – यात्री मोटरसाइकल्सको सहायक कम्पनी यात्री इनर्जीले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ क्षेत्रलाई रूपान्तरण गर्ने उद्देश्यसहित नयाँ स्मार्ट समाधानहरू विकास गर्दै आएको बताएको छ । यस अनुसार यात्री इनर्जी टिमले इन–हाउस ओसीपीपी अर्थात ओपन चार्ज पोइन्ट प्रोटोकल प्लेटफर्मको विकास गरिरहेको बताएको छ ।

यात्री मोटरसाइकल्सको फेसबुक पेजमा यस सम्बन्धी एक जानकारी सार्वजनिक गरिएको छ । सो प्लेटफर्मको प्रयोग गरी हाल प्रचलित चार्जर र भविष्यमा उपलब्ध हुने चार्जरमार्फत ईभी चार्ज गर्न सकिने छ । यसले नेपालका विभिन्न ईभी मोडल तथा चार्जिङ प्रणालीबीच सहज एकीकरण सुनिश्चित गर्नेछ।

कम्पनीले चार्जिङ पूर्वाधारलाई सबैका लागि सहज, भरपर्दो र दिगो बनाउन अत्याधुनिक प्रविधिहरू ल्याउने घोषणा गरेको छ। नेपालमा विद्युतीय मोटरसाइकलदेखि चारपांग्रे गाडीसमेतको प्रयोग द्रुत गतिमा बढ्दै गएको सन्दर्भमा यात्री इनर्जीले आफ्नो ध्यान दुईपांग्रे र चारपांग्रे दुवै प्रकारका सवारीका लागि चार्जिङ सेवामा केन्द्रित गरेको छ।

सफ्टवेयर प्लेटफर्मसँगै कम्पनीले उन्नत फ्लिट म्यानेजमेन्ट सिस्टमको सम्भावना पनि परीक्षण गरिरहेको बताएको छ। यस प्रणालीमार्फत चार्जरहरूलाई रियल-टाइम अनुगमन, प्रेडिक्टिभ मेन्टिनेन्स र इनर्जी अप्टिमाइजेसन गर्ने सुविधा प्राप्त हुनेछ।

यसबाट चार्जिङ स्टेसन सञ्चालकहरूले सञ्चालन खर्च घटाउन, दक्षता बढाउन र प्रयोगकर्तालाई भरपर्दो सेवा दिन सक्नेछन्। प्रयोगकर्ताका दृष्टिले हेर्दा यो प्रणालीले चार्जिङ समय, उपलब्धता र लागतसम्बन्धी स्पष्ट जानकारी दिन सक्ने भएकाले समग्र चार्जिङ अनुभवलाई सहज र विश्वासिलो बनाउनेछ।

यात्री इनर्जीको यी पहलहरूले चार्जिङ र पूर्वाधार सम्बन्धी विभिन्न चुनौतीहरूलाई सम्बोधन गर्दै प्रयोगकर्ता र सञ्चालक दुवैलाई सुविधा दिने एकीकृत डिजिटल इकोसिस्टम निर्माण गर्ने अपेक्षा गरिएको छ।

यसले नेपाललाई दिगो यातायाततर्फ अग्रसर गराउने मात्र होइन, छिमेकी मुलुकहरूसँग प्रतिस्पर्धी स्तरमा उभ्याउने सम्भावना पनि देखिएको छ।

यात्री मोटरसाइकल्सले खासगरी नेपालमै निर्माण हुने दुईपांग्रे सवारी साधनको विकास गरिरहेको छ । पछिल्लो समयमा यात्री इनर्जीमार्फत अन्य कार्यमा समेत यसको संलग्नता देखिएको छ ।

सम्बन्धित समाचारहरू

चितवनका सडकमा १०० भन्दा बढी नामी कार : विशेष ‘नामी सेलिब्रेशन ड्राइभ’ सम्पन्न

चितवनका सडकमा १०० भन्दा बढी नामी कार : विशेष ‘नामी सेलिब्रेशन ड्राइभ’ सम्पन्न

चितवन – डोङफेङ इलेक्ट्रिक सवारी साधनको नेपालका लागि आधिकारिक वितरक...

एलएफपी ब्लेड ब्याट्री उत्पादनका लागि बीवाईडीले दियो जीएम र फोर्डको सप्लायरलाई सहमति

एलएफपी ब्लेड ब्याट्री उत्पादनका लागि बीवाईडीले दियो जीएम र फोर्डको सप्लायरलाई सहमति

कमर्सियल सवारी साधनका लागि आवश्यक लिथियम आइरन फस्फेट (एलएफपी) ब्लेड...

यस्तो हुनेछ सिंगल चार्जमा ४२५ किलोमिटर चल्ने कियाको इलेक्ट्रिक कार

यस्तो हुनेछ सिंगल चार्जमा ४२५ किलोमिटर चल्ने कियाको इलेक्ट्रिक कार

कियाले चाँडै नै आफ्नो इलेक्ट्रिक कार ईभी६ क्रसओभर भारतमा लन्च गर्ने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...