यामाहाको ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च

यामाहा मोटरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च गरेको छ । सो मोडल यामाहाको म्याक्सी स्पोर्ट्स सेगमेन्टको पहिलो इलेक्ट्रिक स्कुटर हो । साथै यो एरोक्स १५५ को इलेक्ट्रिक भर्सन हो ।

यामाहा एरोक्स–ई मा ९.४ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसले ४८ एनएमको अधिकतम टर्क उत्पादन गर्छ । स्कुटरमा दुईवटा छुट्याउन मिल्ने ३ किलोवाटको ब्याट्री रहेको छ, जसलाई घरमै सजिलै चार्ज गर्न सकिन्छ । यसले प्रति चार्ज १०६ किलोमिटरको रेन्ज प्रदान गर्छ । यसमा इको, स्ट्यान्डर्ड र पावर गरी तीन राइडिङ मोडहरू उपलब्ध छ ।  यसमा एउटा ‘बुस्ट’ फङ्सन पनि रहेको छ, जसले छिटो पिकअप लिन र स्टार्ट गर्न सजिलो हुन्छ ।

एरोक्स–ई को शक्तिशाली बडी स्टान्स, सिग्नेचर ‘एक्स’ आकारको डिजाइन र आकर्षक ग्राफिक्सले यामाहाको “हार्ट शेकिङ स्पिडस्टर” लाई प्रतिबिम्बित गर्छ । स्कुटरमा ट्विन क्लास–डी एलईडी हेडलाइट, एलडी फ्ल्यासर र थ्रीडी इफेक्ट टेललाइट जस्ता आधुनिक फिचर समावेश छ, जसले यसलाई स्पोर्टी र प्रिमियम लुक दिन्छ ।

यसमा ठुलो रङ्गिन टीएफटी स्क्रिन रहेको छ । स्कुटरलाई वाई कनेक्ट मोबाइल एपसँग जडान गर्न सकिन्छ, जसबाट टर्न बाई टर्न नेभिगेसन, मेन्टेनेन्स रिमाइन्डर, नोटिफिकेसन र लास्ट पार्किङ लोकेशन विवरण हेर्न सकिन्छ । स्कुटरमा रिभर्स मोड, स्मार्ट–की सिस्टम र बाह्य चार्जिङ पोर्टको सुविधा पनि दिइएको छ ।

सम्बन्धित समाचारहरू

निसानले विद्युतीकरणमा १८ अर्ब डलर लगानी गर्ने,  २३ हाइब्रिड र १५ विद्युतीय कार विकास गर्ने

निसानले विद्युतीकरणमा १८ अर्ब डलर लगानी गर्ने, २३ हाइब्रिड र १५ विद्युतीय कार विकास गर्ने

निसानले अर्बौँ लागतको विद्युतीयकरण योजना अघि सारेको छ । एक दशकअघि...

चीनमा सर्बाधिक बिक्री रेकर्ड कायम गरेको बीवाईडी डल्फिन इलेक्ट्रिक ह्याचब्याक नेपाल भित्रिदै

चीनमा सर्बाधिक बिक्री रेकर्ड कायम गरेको बीवाईडी डल्फिन इलेक्ट्रिक ह्याचब्याक नेपाल भित्रिदै

चीनमा सन् २०२२ मा एकै पटक ९१६ प्रतिशतले बिक्री बढेर २ लाख ५ हजार युनिट...

३ मिनेटमा रिफिल भई १ हजार किमीसम्म रेन्ज दिने नयाँ हाइड्रोजन ईभी सार्वजनिक

३ मिनेटमा रिफिल भई १ हजार किमीसम्म रेन्ज दिने नयाँ हाइड्रोजन ईभी सार्वजनिक

पेरिस मोटर शोमा विश्वभरका कार कम्पनीहरूले नयाँ सवारी साधन निरन्तर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...