बुढानीलकण्ठमा यामाहाको नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

काठमाडौं–यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ ‘थ्रि एस’ सुबिधा विस्तार गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी नयाँ शोरूम ‘ह्विलिश ग्यालोर प्रालि’ उद्घाटन गरिएको हो । यामाहा नेपालको यो १०३ औँ शोरूम हो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले शोरुमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनीता लामा तथा एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल लगायतको उपस्थिति थियो ।

नयाँ शोरूममा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पाट्र्स एउटै छानामुनि उपलब्ध गराइएको छ । जसले बुढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सबै सेवाहरू एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ । दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको ह्विलिश ग्यालोर प्रालिले ग्राहकलाई हरेक पटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा बोल्दै सिइओ अग्रवालले बुढानीलकण्ठमा स्थापित नयाँ शोरुमले यामाहाको अझ धेरै ग्राहकसम्म पहुँच पर्याएको बताए । ‘गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतामा यामाहा सधैं अग्रणी छ,’ उनले भने, ‘प्रत्येक नयाँ आउटलेटले नेपालभर सशक्त र संगठित सञ्जाल निर्माणतर्फको हाम्रो प्रयासलाई अगाडि बढाउँछ ।’

एमएडब्लू राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आफूहरुले सेवा प्रदान गर्ने ह्विलिश ग्यालोर प्रालिका सञ्चालक भुवेश खड्काले बताए ।

सम्बन्धित समाचारहरू

यामाहाले ट्रेसर ब्रान्डमा एड्भेन्चर मोटरसाइकल ल्याउने

यामाहाले ट्रेसर ब्रान्डमा एड्भेन्चर मोटरसाइकल ल्याउने

यामाहाले भारतमा ट्रेसर नेमप्लेट पेटेन्ट गराएको छ । यामाहाले...

यामाहाले थाल्यो नेपालमै एसेम्बल, परीक्षणका लागि एफजेड भीथ्रीको उत्पादन शुरु

यामाहाले थाल्यो नेपालमै एसेम्बल, परीक्षणका लागि एफजेड भीथ्रीको उत्पादन शुरु

जापनिज टु ह्विलर ब्रान्ड यामाहाले नेपालमै मोटरसाइकल र स्कुटरको एसेम्बल...

मासिक किस्ता १४ हजारको दरले यसरी लिन सकिन्छ यामाहा आर१५ भी३ बीएस६

मासिक किस्ता १४ हजारको दरले यसरी लिन सकिन्छ यामाहा आर१५ भी३ बीएस६

युवा राइडरहरुका लागि यामाहाको बाइक आर१५ भी३ बीएस६ एक सपना हुन सक्छ । नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...