यामाहा मोटरसाइकल र स्कुटर किन्दा दुई वर्षको सडक कर नलाग्ने

यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्दा दुई वर्षको सडक कर नलाग्ने स्किम आएको छ । यामाहाको आधिकारिक वितरक एमएडव्लु इन्टरप्राइजनेजले दुई आर्थिक वर्षको कर नलाग्ने ‘ट्याक्स रिल्याक्स’ स्किम ल्याएको हो ।

आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा आएको सो नयाँ स्किममा वाइक खरिद गर्दा ग्राहकले यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षको रोड ट्याक्समा छुट पाउने छन् । यी आर्थिक वर्षको कर कम्पनी आफैले तिरिदिने भएको हो । यो नयाँ स्किमले ग्राहकले तिर्नुपर्ने सडक करको ख्याल कम्पनीले गरेको र यसले यामाहासंग उनीहरुको समिप्यता झनै वढ्ने कम्पनीका सिइओ राजु क्षेत्रीले बताए ।

सो नयाँ स्किमसंगै कम्पनीले यामाहाको मोटरसाइकल र स्कुटरमा विशेष फाइनान्स सुविधा समेत उपलब्ध गराउने भएको छ । जसअन्तर्गत ग्राहकले आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउनपमेन्ट गरी शून्य प्रतिशत व्याजदरमा वाइक खरिद गर्न सक्नेछन् ।

यामाहाको सो स्किम देशभर रहेका सोरुममा लागु हुने कम्पनीले जनाएको छ । स्किम सवै मोडलका मोटरसाइकल र स्कुटरमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

सिरिजकी उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडबाट पुरस्कृत

सिरिजकी उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडबाट पुरस्कृत

काठमाडौं – सहभागी तीन राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले...

यामाहाले गुपचुप लन्च ग-यो सस्तो स्पोर्ट्स बाइक, यस्तो छ विशेषता

यामाहाले गुपचुप लन्च ग-यो सस्तो स्पोर्ट्स बाइक, यस्तो छ विशेषता

यामाहाले गोप्य तरिकाले आर१५ भी४ डार्क नाइट एडिसन बाइक १ लाख ८२ हजार भारु...

यामाहाले ल्यायो विश्वकै पहिलो एयरब्याग सहितको स्कुटर

यामाहाले ल्यायो विश्वकै पहिलो एयरब्याग सहितको स्कुटर

काठमाडौं– यामाहाले विश्वमै पहिलो पटक एयरब्याग सहितको स्कुटर सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...