यामाहा मोटरसाइकल र स्कुटर किन्दा दुई वर्षको सडक कर नलाग्ने

यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्दा दुई वर्षको सडक कर नलाग्ने स्किम आएको छ । यामाहाको आधिकारिक वितरक एमएडव्लु इन्टरप्राइजनेजले दुई आर्थिक वर्षको कर नलाग्ने ‘ट्याक्स रिल्याक्स’ स्किम ल्याएको हो ।

आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा आएको सो नयाँ स्किममा वाइक खरिद गर्दा ग्राहकले यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षको रोड ट्याक्समा छुट पाउने छन् । यी आर्थिक वर्षको कर कम्पनी आफैले तिरिदिने भएको हो । यो नयाँ स्किमले ग्राहकले तिर्नुपर्ने सडक करको ख्याल कम्पनीले गरेको र यसले यामाहासंग उनीहरुको समिप्यता झनै वढ्ने कम्पनीका सिइओ राजु क्षेत्रीले बताए ।

सो नयाँ स्किमसंगै कम्पनीले यामाहाको मोटरसाइकल र स्कुटरमा विशेष फाइनान्स सुविधा समेत उपलब्ध गराउने भएको छ । जसअन्तर्गत ग्राहकले आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउनपमेन्ट गरी शून्य प्रतिशत व्याजदरमा वाइक खरिद गर्न सक्नेछन् ।

यामाहाको सो स्किम देशभर रहेका सोरुममा लागु हुने कम्पनीले जनाएको छ । स्किम सवै मोडलका मोटरसाइकल र स्कुटरमा उपलब्ध हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...