नयाँ वर्ष पश्चात यामाहाका तीन मोडल नेपाली बजारमा उपलब्ध
काठमाडौँ— यामाहाले केही दिनको अन्तरालमा बाइक र स्कुटर गरी तीन मोडलका...
यामाहाले भारतीय बजारमा आर१५ भी३ लाई फेरि बजारमा उतारेको छ । तर हाल यसको नाम भने यामाहा आर१५एस राखिएको छ । यसमा गरिएको सबैभन्दा ठूलो परिवर्तन युनिबडी सिट हो । अन्य धेरै फिचरहरुमा समानता छ ।
यामाहा मोटर इन्डियाका चेयरम्यान मोटोफुमी सिताराले कम्फर्टेबल पिलियन सिट चाहने राइडरहरु धेरै भएको अनुसन्धानले देखाएको र त्यसैका आधारमा यो मोटरसाइकलको डिजाइन गरिएको बताएका छन् ।
यामाहाले आर१५ रेन्जमा सस्तो मूल्यको मोटरसाइकल उपलब्ध गराउने चाहनाका साथ आर१५ भी४ उतारेको थियो । तर अब आर१५एस बजारमा उपलब्ध हुने र यसको मूल्य पनि भी४ को तुलनामा १३ हजार भारु सस्तो छ । यसको मूल्य १ लाख ५७ हजार ६ सय भारु तोकिएको छ ।
रोचक कुरा के छ भने आर१५एस भी४ भन्दा केही बढी पावरफुल छ । यसले १८.६ पीएस पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ । भी४ ले चाहिं १८.४ पीएस पावर जेनेरेट गर्छ ।
रेसिङ ब्लु कलरमा मात्र उपलब्ध यो मोटरसाइकलमा ड्युअल च्यानल एबीएस, असिस्ट एन्ड स्लिपर क्लच, साइड स्ट्यान्ड इन्जिन कट–अफ, एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर आदि फिचर उपलब्ध छन् ।
काठमाडौँ— यामाहाले केही दिनको अन्तरालमा बाइक र स्कुटर गरी तीन मोडलका...
यामाहाले हाल बजारमा उपलब्ध आर१५ को नयाँ भर्सन कस्तो ल्याउला भन्ने समाचार...
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बितरक एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...