औपचारिक रुपमै लन्च भयो नेपालमा यामाहा बीएस६ एफजेड–एस एफआई

काठमाडौं – नेपाली बजारमा यामाहाका बीएस६ मोडलका दुई मोटरसाइकल औपचारिक रुपमा लन्च भएका छन् । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले आज एक कार्यक्रमको आयोजना गरी यी दुई मोटरसाइकल सार्वजनिक गरेको हो ।

एक्सकनेक्ट फिचरसहित उपलब्ध यो मोटरसाइकलमार्फत अब विभिन्न फिचर प्रयोग गर्न सकिन्छ । यामाहा एक्सकनेक्ट एप प्रयोग गरी पार्किङ लोकेसन, राइडिङ हिस्ट्री आदि हेर्न सकिन्छ । यसमा थ्रीडी स्टिकर समेत रहेको छ ।

सुरक्षाको हिसाबले यो मोटरसाइकल निकै नै महत्वपूर्ण छ । यसमा भएको डिफल्ट कोडलाई अनलक गरेर मात्र मोटरसाइकल स्टार्ट गर्न सकिन्छ ।

विभिन्न ५ कलर अप्सन मध्ये अन्य कलरयुक्त मोटरसाइकलको मूल्य ३ लाख ७९ हजार ९ सय र डार्क नाइट कलरयुक्त मोटरसाइकलको मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यो मोटरसाइकलमा १४९ सीसीको एयरकुल्ड फोर स्ट्रोक, एसओएचसी इन्जिन जडान गरिएको छ, जसले १२.४ पीएस पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ । सिंगल च्यानल एबीएस रहेको यो मोटरसाइकलमा १३ लिटरको इन्धन ट्यांकी रहेको छ ।

त्यसैगरी यामाहाको बीएस६ इन्जिनयुक्त आर१५ भी३ पनि नेपाली बजारमा उपलब्ध भएको छ । यसमा १५५ सीसी लिक्विड सिंगल सिलिन्डर एफआइ भीभीए इन्जिन रहेको छ । उक्त इन्जिनले १९.३ पीएस पावर र १४.७ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा सिक्स-स्पीड ट्रान्समिसन उपलब्ध छ । त्यसैगरी गियरमा स्टार्ट नहुने सिस्टम यसमा थप भएको छ ।स्लिपर कल्च, गियर इन्डिकेटर, ट्रिप मिटर, एलसीडी कन्सोल जस्ता फिचर यो मोटरसाइकलमा रहेको छ ।

यो मोटरसाइकलको मूल्य ४ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा उपलब्ध बीएस४ आर१५ भी३ को तुलनामा यसको मूल्य ४ हजार रुपैयाँ मात्र बढी छ । यो ग्रे, रेड र रेसिङ ब्लु गरी तीन कलर अप्सनमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी, रेसिङ च्याम्पियनसँग विशेष भेटघाट

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी, रेसिङ च्याम्पियनसँग विशेष भेटघाट

काठमाडौं– यामाहा नेपालले आफ्नो ब्लु स्ट्रिक्स समुदायका लागि विशेष राइड...

यस्तो छ यामाहाको नयाँ मोटरसाइकल एफजेड भी३ स्ट्यान्डर्ड (मूल्य र फिचर सहित)

यस्तो छ यामाहाको नयाँ मोटरसाइकल एफजेड भी३ स्ट्यान्डर्ड (मूल्य र फिचर सहित)

काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । नेपालमा समेत प्रेम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...