यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना
काठमाडौं–दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपुर्वक मनाउन यामाहा नेपालको...
यामाहा मोटरसाकल तथा स्कुटरको आधिकारिक विक्रेताएमएडब्ल्यु इन्टरप्राइजेजले नयाँ वर्ष २०८० अफर ल्याएको छ । ‘पावर अफ फाइभ’ ट्यागलाइन सहित आएको सो अफर अन्तर्गत ग्राहकले बाइक किन्नुअघि, किनेपछि र रेफरल कोड सेयर गर्दा क्यासब्याक र विभिन्न उपहारहरु पाउनेछन् ।
बाइक किन्नुअघि ग्राहकले ५० हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् भने किनेपछि वाइल्ड कार्डमार्फत अर्को १ लाख रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ ।
यसैगरी बाइक किन्ने ग्राहकलाई कम्पनीले एउटा रिफरल कोड उपलब्ध गराउँनेछ । सो कोडलाई सेयर गरी हरेक हप्ता एकजना भाग्यशाली विजेताले आईफोन १४, एप्पल वाच र एप्पलकै एयर पड उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा सर्वाधिक रुचिको टु ह्विलर ब्रान्डका रुपमा स्थापित यामाहाले हरेक नयाँ वर्षमा आकर्षक स्किम ल्याउँदै आएको छ । यो स्किम यामाहाको देशभर रहेका सोरुममा लागु हुने कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...