यामाहाले ल्यायो नयाँ वर्ष अफर, बाइक किन्दा क्यासब्याक र उपहारको अवसर

यामाहा मोटरसाकल तथा स्कुटरको आधिकारिक विक्रेताएमएडब्ल्यु इन्टरप्राइजेजले नयाँ वर्ष २०८० अफर ल्याएको छ । ‘पावर अफ फाइभ’ ट्यागलाइन सहित आएको सो अफर अन्तर्गत ग्राहकले बाइक किन्नुअघि, किनेपछि र रेफरल कोड सेयर गर्दा क्यासब्याक र विभिन्न उपहारहरु पाउनेछन् ।

बाइक किन्नुअघि ग्राहकले ५० हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् भने किनेपछि वाइल्ड कार्डमार्फत अर्को १ लाख रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ ।

यसैगरी बाइक किन्ने ग्राहकलाई कम्पनीले एउटा रिफरल कोड उपलब्ध गराउँनेछ । सो कोडलाई सेयर गरी हरेक हप्ता एकजना भाग्यशाली विजेताले आईफोन १४, एप्पल वाच र एप्पलकै एयर पड उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा सर्वाधिक रुचिको टु ह्विलर ब्रान्डका रुपमा स्थापित यामाहाले हरेक नयाँ वर्षमा आकर्षक स्किम ल्याउँदै आएको छ । यो स्किम यामाहाको देशभर रहेका सोरुममा लागु हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

यामाहा नेपालको नयाँ ईएमआई अफर – ४० प्रतिशत अग्रिम बुझाउदा यसरी तिरौ मासिक किस्ता

यामाहा नेपालको नयाँ ईएमआई अफर – ४० प्रतिशत अग्रिम बुझाउदा यसरी तिरौ मासिक किस्ता

काठमाडौँ— नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा...

यामाहा एरोक्स १५५ स्कुटरको बिक्री शुरु, मूल्य ४ लाख ७४ हजार ९००

यामाहा एरोक्स १५५ स्कुटरको बिक्री शुरु, मूल्य ४ लाख ७४ हजार ९००

काठमाडौं – यामाहा एरोक्स १५५ स्कुटरको नेपालमा बिक्री शुरु भएको छ । यामाहा...

सकियो यामाहा महा एक्सचेन्ज मेला, १ हजार ९ सय बढी एक्सचेन्ज भएको दाबी

सकियो यामाहा महा एक्सचेन्ज मेला, १ हजार ९ सय बढी एक्सचेन्ज भएको दाबी

काठमाडौं – गत असोज ८ देखि राजधानीको भृकुटीमण्डपमा सञ्चालन भएको यामाहा महा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...