यामाहा नेपाल र डिलर नेटवर्कको साझा यात्रा, थाइल्यान्डमा ‘ब्लु सर्ज’ सम्मेलन सुरु
काठमाडौं–यामाहा नेपालको आयोजनामा जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको...
काठमाडौं–यामाहा नेपालले नेपालको चर्चित रियालिटी शोहिमालय रोडिजको सातौं सिजनका लागि पुनः टाइटल स्पोन्सरको रूपमा सहभागी हुने घोषणा गरेको छ । यस पटकको सिजन ‘हेल अर हेभन’ भन्ने रोमाञ्चक थिमसहित फर्किएको छ ।
हिमालय टिभीमा साप्ताहिक रूपमा प्रशारण हुन ेहिमालय रोडिज अन्तर्राष्ट्रिय शो एमटिभी रोडिजबाट प्रेरित नेपालकै सबैभन्दा लोकप्रिय रियालिटी शो हो । कठोर चुनौती, अप्रत्याशित मोडहरू र सशक्त स्टोरी टेलिङले भरिएको यस शोले प्रतियोगीहरूलाई नेपालको सुन्दर भौगोलिक परिवेशमा लगेर शारीरिक र मानसिक रूपमा परीक्षा लिन्छ ।
पर्फर्मेन्स, स्टायल र एडभेन्चरसँग पहिचान जोडिएको ब्रान्डको रूपमा यामाहा नेपालले सधैं युवा राइडरलाई प्रेरित गर्दै आएको छ । यामाहाले विगत छ वर्षयता निरन्तर रुपमा हिमालय रोजिडमा स्पोन्सर गर्दै आएको छ ।
एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालका अनुसार यामाहा र रोडिजको साझा डीएनए छ । ‘यस सिजनको ‘हेल अर हेभन’ थिमले हामीले जीवन र यात्रा दुवै ठाउँमा गर्ने छनोटहरूलाई झल्काउँछ । हामी एकपटक फेरि यो प्रेरणादायी सहकार्यमा आबद्ध हुन पाउँदा गर्व गर्दछौ’ उनले भने ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...