७० औँ वार्षिकोत्सवको अवसरमा यामाहा नेपालको देशव्यापी एक्सचेन्ज इभेन्ट

काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७० औं वार्षिकोत्सव मनाउँदैछ । यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरका राइडरलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्सचेन्ज इभेन्टमार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन अनुरोध गरेको छ ।

इभेन्टको आयोजना यहि असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरूममा हुनेछ । यस विशेष उत्सवको एक भागस्वरूप, ग्राहकले रु. ७ हजार सम्मको नगद छुट तथा ७.९९ प्रतिशत ब्याजदरमा आकर्षक ईएमआई योजनाको लाभ लिन सक्नेछन्, जसले यामाहा किन्न अझ सजिलो र सुविधाजनक बनाउनेछ ।

कुनै पनि ब्राण्डको बाइक वा स्कुटरमा रु. २५ हजारको न्यूनतम मूल्याङ्कन, अतिरिक्त रु. १० सम्मको सम्मको भ्यालुएसन बोनस, निश्चित मोडेलमा शुन्य ब्याजदरमा ईएमआई, फ्लेक्सिबल फाइनान्स अप्सन, २ वर्ष ट्याक्स–फ्री–राइड–फ्री अफर, जसले बाइक किन्न झन्झटमुक्त र सहज बनाउने जीता एक्सचेन्जका आकर्षक सुबिधा रहेका छन् ।

एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपककुमार अग्रवालले नेपालमा यामाहा सधैंभरि पर्फर्मेन्स, भरोसा र इनोभेसनको अर्थ बुझ्ने राइडरको रोजाइको ब्राण्ड बन्दै आएको बताए । राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पेनमार्फत हामी ग्राहकलाई यामाहाको लिजेन्डरी यात्राको यामाहा राइड गरेजस्तै रमाइलो अफरसँग दिइरहेको उनी बताउँछन् । यामाहाको ७० वर्षदेखिको उत्कृष्टता र गौरवको उत्सव हो भने विश्वसनीय जापानी इन्जिनियरिङ र पुस्तौंदेखि कायम गुणस्तरको प्रतिबद्धतालाई एकसाथ ल्याउने अवसर पनि हो ।

एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपालले आफ्नो अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र फराकिलो राष्ट्रव्यापी नेटवर्कका साथमा नेपालको दुईपाङ्ग्रे बजारको निरन्तर नेतृत्व गर्दै आएको छ । दैनिक प्रयोगका लागि बनाइएको स्कुटरदेखि थ्रिल खोज्नेका लागि डिजाइन गरिएका मोटरसाइकलसम्म, यामाहाले सबैका लागि उत्कृष्ट मूल्य र राइडिङ अनुभव उपलब्ध गराइरहेको छ ।

सम्बन्धित समाचारहरू

भरतपुरमा खुल्यो यामाहाको नयाँ ब्लु स्क्वायर शोरुम

भरतपुरमा खुल्यो यामाहाको नयाँ ब्लु स्क्वायर शोरुम

चितवन – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु...

कमब्याक गर्दै यामाहा आरएक्स१०० : तर कहिले ?

कमब्याक गर्दै यामाहा आरएक्स१०० : तर कहिले ?

कुनै समयमा लोकप्रिय रहेको बाइक आरएक्स१०० यामाहाले फेरि बजारमा ल्याउने...

यस्तो आकर्षक कलर र स्टाइलमा आउँदै छ यामाहा आर१५एम

यस्तो आकर्षक कलर र स्टाइलमा आउँदै छ यामाहा आर१५एम

यामाहाले हाल बजारमा उपलब्ध आर१५ को नयाँ भर्सन कस्तो ल्याउला भन्ने समाचार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...