यामाहा नेपालको देशव्यापी भ्यालेन्टाइन अभियान ‘मायासँग मायाको यात्रा’ सम्पन्न

काठमाडौं – यामाहा नेपालले विशेष भ्यालेन्टाइन सप्ताह अभियान ‘मायासँग मायाको यात्रा’ सम्पन्न गरेको छ । यस अभियानले प्रेमको भावनालाई उत्सवका रूपमा मनाउँदै यामाहाको ग्राहक केन्द्रित सोच र देशव्यापी उपस्थितिलाई बलियो बनाउँदै नेपालको सातै प्रदेशमा यामाहाको पहुँचलाई व्यापक बनाएको बताइएको छ ।

अभियान अन्तर्गत यामाहाले आफ्नो सवारी साधन हस्तान्तरण प्रक्रियामा मिठास र सम्झनायोग्य स्पर्श थपेको थियो । भ्यालेन्टाइन सप्ताहका दौरान नयाँ यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकलाई यामाहाको तर्फबाट कस्टमाइज्ड चकलेट प्रदान गरिएको थियो ।

साथै, शोरूमहरूमा भ्यालेन्टाइन थिमका कार्यक्रमहरू आयोजना गरी ग्राहकलाई विशेष महसुस गराउने प्रयास गरिएको थियो । यस अभियानमा राष्ट्रव्यापी फोटोबुथ प्रतियोगिता पनि समावेश गरिएको थियो ।

देशभरका यामाहा शोरूमहरूमा भ्यालेन्टाइन थिममा सजिएका फोटोबुथ स्थापना गरिएका थिए, जहाँ ग्राहकहरूले आफ्ना रमाइला क्षणहरू कैद गरी सामाजिक सञ्जालमा शेयर गरेका थिए । प्राप्त इन्ट्रीहरूमध्ये प्रत्येक प्रदेशबाट एक–एक जना भाग्यशाली विजेता चयन गरी उहाँहरूलाई विशेष भ्यालेन्टाइन डिनरको अवसर प्रदान गरिएको थियो ।

प्रदेशगत विजेताहरूमा बिशाल माझी (बागमती, चाबहिल), चन्दा श्रेष्ठ बस्नेत (कोशी, बिर्तामोड), सीता कुमारी तामाङ (मधेश, बर्दिबास), अब्दुल अजीज खान पठान (लुम्बिनी, नेपालगञ्ज), शालिभान बोहरा (सुदूरपश्चिम, धनगढी), अनीता रास्कोटी (कर्णाली, सुर्खेत) र अशोक कुमार दर्जी (गण्डकी, पोखरा) रहेका छन् । यसैगरी, कुमारिपाटीका देवराज स्याङ्बोले ग्रान्ड प्राइजस्वरूप काठमाडौंस्थित एक प्रिमियम होटलमा विलासी ‘स्टेकेसन’ जित्दै आफ्नो भ्यालेन्टाइन उत्सवलाई अविस्मरणीय बनाएका छन् ।

शोरूमका कार्यक्रमसँगै यामाहाले देशका प्रमुख सहरहरूमा हाइ–इनर्जी मल एक्टिभेसन कार्यक्रम पनि आयोजना गरेको थियो । बानेश्वरस्थित आइप्लेक्स मल र सामाखुसीस्थित सिटी स्क्वायर मलमा आयोजित कार्यक्रमहरूमा इन्टरएक्टिभ पजल गेम, फ्ल्यासमब, लाइभ होस्टिङ तथा इन्स्ट्यान्ट गिफ्ट ह्याम्पर जस्ता आकर्षक गतिविधिहरू समावेश थिए ।

‘यामाहा मायासँग मायाको यात्रा’ अभियान मार्फत यामाहा नेपालले प्रेम, मनोरञ्जन र ग्राहक सम्मानलाई एउटै उत्सवमा समेट्न सफल भएको छ । यस अभियानले ग्राहकहरूको अनुहारमा मुस्कान ल्याउनुका साथै देशभरका समुदायसँग ब्रान्डको सम्बन्ध अझ सुदृढ बनाएको छ ।

सम्बन्धित समाचारहरू

तपाईले स्कुटर चलाउने तरिका ठिक छ त ? यसरी भइरहेको छ गल्ती

तपाईले स्कुटर चलाउने तरिका ठिक छ त ? यसरी भइरहेको छ गल्ती

पुराना स्कुटरको युग सकिएपछि हाल नयाँ प्रविधियुक्त स्कुटरले आफ्नो छुट्टै...

यामाहा जेन्युइन स्पेयर पार्ट्स अब दराजमा पनि उपलब्ध

यामाहा जेन्युइन स्पेयर पार्ट्स अब दराजमा पनि उपलब्ध

काठमाडौं – यामाहा नेपालले ग्राहकमैत्री कदम चालेको छ । जसअनुसार अब यामाहा...

यामाहाले ल्यायो नयाँ बर्ष अफर, बम्परमा २० लाख ७९ हजार रुपैयाँ पुरस्कार पाइने

यामाहाले ल्यायो नयाँ बर्ष अफर, बम्परमा २० लाख ७९ हजार रुपैयाँ पुरस्कार पाइने

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बितरक एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...