यामाहा एमटी१५ भर्सन–२ किन्दा विशेष राइडिङ ज्याकेट निःशुल्क
काठमाडौं–यामाहा नेपालले एमटी१५ भर्सन–२ चाहने राइडरलाई लक्षित गरी एक...
काठमाडौं–यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु राइड्सले नाडा अटो शो २०२५ मा यामाहा एमटी–१५ भी २ र एफजेड एस भी ३ डीएलएक्सको नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।
यससँगै अब नेपालमा एमटी–१५ भी २ आइसीई स्ट्रोम र भीभीएम दुवै भेरियन्टमा उपलब्ध भएको छ । एफजेड–एस भी३ डीएलएक्स भने आइसीई फ्लिओ भर्मिलेन भेरियन्टमा मात्र उपलब्ध हुने जनाइएको छ ।
एमएडब्लु राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिएको बताए ।
कम्पनीका अनुसार, एमटी१५ भी२ का आइसीई स्ट्रोम र भीभीएम भेरियन्टहरूले पहिलेदेखि नै स्ट्रीटफाइटरमा नयाँ आकर्षक व्यक्तित्व थपेका छन्, भने एफजेड एस भी ३ डीएलएक्स को आइसीई फ्लिओ भर्मिलेन भेरियन्टले यामाहाको प्रसिद्ध फेड सिरिजमा बोल्ड र आधुनिक शैली थपेको छ ।
‘यी नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिन्छन्,’ अग्रवालले भने ।
कम्पनीले नाडाको अवसरमा विशेष अफर समेत ल्याएको छ । ग्राहकले हरेक मोडलका मोटरसाइकल र स्कुटरमा ७ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् । त्यस्तै, मोटो जीपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका र एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाउने कम्पनीले जनाएको छ ।
काठमाडौं–यामाहा नेपालले एमटी१५ भर्सन–२ चाहने राइडरलाई लक्षित गरी एक...
काठमाडौं – नेपाली बजारमा भोलि देखि यामाहाको नयाँ मोटरसाइकल आर१५एम औपचारिक...
यामाहाले हालै भारतीय बजारमा नयाँ मोटरसाइकल एफजेड–एक्स लन्च गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...