४ लाख ६० हजार मूल्य भएको यामाहा एमटी–१५ बीएस६ को बढ्दो क्रेज

यामाहालाई धेरैले स्पोर्ट्स बाइक ब्रान्डको पर्यायबाचीको रुपमा लिन्छन् । यसैगरी यामाहाका धेरै मोडल मध्ये एमटी अर्थात मास्टर अफ टर्क एक हो । वाइल्ड डिजाइन र टर्कको सम्मिश्रण भएको यो बाइकको क्रेज नेपाली युवा राइडरमाmभ निकै छ । यसका विभिन्न मोडल नेपाली बजारमा समेत उपलब्ध भएकोमा पछिल्लो समयमा नेपाल भित्रिएको एमटी–१५ को लोकप्रियता चुलिदो छ ।

गत वर्ष अर्थात सन् २०२१ को सेप्टेम्बर २४ का दिन राजधानीको भृकुटीमण्डपमा संचालित एक्सचेन्ज मेलामा यामाहाको एमटी–१५ बाइक लन्च गरिएको थियो । एकै दिन दुई सय भन्दा बढी बाइक बिक्री तथा डेलिभरी गरेर चर्चामा आएको सो बाइकको माग त्यसयता पनि निरन्तर रुपमा बढिरहेको नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले बताएको छ । अप्रत्याशित रुपमा यसको माग धेरै भएको र युवा राइडरहरु यसका लागि जति समय पनि पर्खिन तयार भएको कम्पनी स्रोतले बताएको छ ।

एमटी–१५ एउटा प्योर ब्रिड हाइपर नेकेड बाइक हो, जो एमटी स्टेबलबाट सबैभन्दा गतिशील र कम वजन भएको बाइक हो । यसको टर्क र एजिलिटीको ब्यालेन्स पोस्चर तथा सिंगल च्यानल एबीएसका लागि यो बाइक प्रख्यात छ । उक्त हाइपर नेकेड बाइकले राइडरले खोजेको रोमाञ्चकता मात्र प्रदान नगरी राइडरमा एक प्रकारको आत्म विश्वास समेत जगाउँदछ ।

यामाहाको १५५ सीसी इन्जिनयुक्त एमटी–१५ पहिले देखि नै बलियो र रुचाइएको बाइक थियो । अहिले बीएस६ मापदण्डयुक्त इन्जिनका साथ यसमा अन्य धेरै विशेषता समेत थपिएका छन् । यसमा भएको विशिष्ट खालको ईसीयू मोडल, राम्रो एक्सिलरेसनका लागि भीभीए इन्जिन तथा राइडिङलाई अझै फास्ट गर्नका लागि अप्टिमाइज्ड सेकेन्डरी रिडक्सन गियर रेसियो एवं सहज गियरसिफ्टका लागि एएस क्लच उपलब्ध छ । त्यसैगरी राइडरलाई सहजता प्रदान गर्न यसमा मोटार्ड जस्तो राइडिङ पोजिसन हुन्छ भने उत्कृष्ट स्टपिङ पावरका लागि सिंगल च्यानल एबीएससहितको २८२ एमएमको फ्रन्ट डिस्क ब्रेक जस्ता उत्कृष्ट विशेषताहरुले यसमा आकर्षण थपेको छ ।

टर्क र एजिलिटी अभिव्यक्त गर्ने यो बाइकको उत्कष्ट डिजाइनलाई डायनामिक फ्रन्ट फेस स्टाइलिङ हेडलाइट, भर्टिकल हेडलाइटसहितको छोटो ब्याकटेल र समग्र ग्राफिक्स र डिजाइनले यसलाई अझ विशेष बनाएको छ । यामाहाले विश्व स्तरमै आफ्ना उत्पादन र ग्राहकलाई बिक्री पश्चातको सेवा प्रदान गरिरहेको र यसैका कारण नै सबैको यसप्रति अटुट विश्वास भएको बताएको छ । त्यसैलाई निरन्तरता दिदै नेपालमा समेत बिक्री पछिको उत्कृष्ट सेवा उपलब्ध गराइरहेको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा एमएडब्ल्यु इन्टरप्राइजेजले आफ्ना उत्पादनमार्फत ४६ वर्ष देखि सेवा उपलब्ध गराउदै आएको बताएको छ । ग्राहकहरूको जीवनशलैीलाई माथि उठाउने मुख्य उद्देश्यका साथ एमएडब्ल्यु इन्टरप्राइजले नेपाली अटो ससांरलाई आजको अवस्थासम्म ल्याउनमा ठूलो भूमिका खेलेको बताएको छ । देशभर यामाहाका सेवा केन्द्रहरू भएका करिब १०० यामाहा शोरुमहरू रहेका छन् । नेपालभरी यामाहाका १९६ स्पेयर पार्ट्स आउटलेटहरू र सर्भिस प्वाइन्टका साथै ८६ भन्दा बढी नयाँ एफआई स्टेशनहरू रहेका छन्, जहाँ सेवाग्राहीले एफआई बाइक र स्कुटरका लागि स्वास्थ्य कार्ड प्राप्त गर्न सक्नेछन् ।

एमएडब्ल्यु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले यो बाइकप्रति देखाएको अतुलनीय विश्वासका लागि सबैलाई धन्यवाद दिदै ग्राहकहरुका लागि आगामी दिनमा समेत नयाँ नयाँ प्रविधि र उत्पादन उपलब्ध गराउदै जाने बताए ।

नेपाली बजारमा यो बाइकको मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ । प्राविधिक रुपमा हेर्दा १३८ किलोग्रामयुक्त एमटी मोडलको यो एड्भान्स्ड हाइपर नेकेड र डाइनामिक बाइकले धेरै राइडरको मनलाई अझै लोभ्याउने कुरामा कम्पनी विश्वस्त भएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ यामाहाको नयाँ स्कुटर रे जेडआर १२५ हाइब्रिडका विभिन्न भेरिएन्ट र तिनको मूल्य

यस्तो छ यामाहाको नयाँ स्कुटर रे जेडआर १२५ हाइब्रिडका विभिन्न भेरिएन्ट र तिनको मूल्य

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

४ लाख ७५ हजारमा डुअल च्यानल एविएस भएको २५० सिसी वाइक

४ लाख ७५ हजारमा डुअल च्यानल एविएस भएको २५० सिसी वाइक

नेपाली युवा राइडरले निकै नै रुचाएको मोटरसाइकल हो यामाहा एफजेड २५ । न्याकेड...

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी, रेसिङ च्याम्पियनसँग विशेष भेटघाट

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी, रेसिङ च्याम्पियनसँग विशेष भेटघाट

काठमाडौं– यामाहा नेपालले आफ्नो ब्लु स्ट्रिक्स समुदायका लागि विशेष राइड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...