३५ लाख मूल्यको अर्को बिग बाइक यामाहा एमटी ०९

काठमाडौं – नेपाली बजारमा बिग बाइकको रुपमा यामाहा एमटी ०९ बाइक केही समय पहिले भित्रिएको छ । नेपाली बजारमा यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले सो बाइक उपलब्ध गराएको हो । यामाहा एमटी ०९ मा ८४७ सीसीको थ्री सिलिन्डर, फोर स्ट्रोक लिक्विडकुल्ड, डीओएचसी इन्जिन छ, जसले ११५ पीएसको पावर र ८७.५ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकको लम्बाई, चौडाई र उचाई क्रमशः २०७५, ८१५ र ११२० एमएम छ । बाइकको सिटको उचाई ८२० एमएम छ । १३५ एमएम ग्राउन्ड क्लियरेन्स भएको सो बाइकमा १४ लिटरको इन्धन ट्यांकी छ । यसको मूल्य ३४ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । सन २०१४ मा सार्वजनिक भएको एमटी ०९ एफजी ०९ को युरोपियन भर्सन थियो । यसमा एफजी ०९ को शक्ति र आक्रामकता दुवै थियो । ६०० सीसी र एक हजार सीसीबीचको खाडललाई पुर्ति गर्न ल्याइएको यो नेकेड स्टि्रट फाइटरले मोटरसाइकलप्रेमीमा नयाँ तरंग उत्पन्न गरेको थियो । । यो मेसिन मोटो ट्रयाक, दैनिक आवगमन र स्पोर्टस् टुर सबैका लागि पनि उत्तिकै उपयुक्त थियो ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...