नो प्रोब्लम फर पेट्रोल प्राइस : प्रविधि र माइलेज दुवैका लागि उपयुक्त छन् यामाहाका यी मोटरसाइकल

इन्धनको मूल्य घट्ने छाटकाट अझै देखिएन । यो अवस्थामा इलेक्ट्रिक सवारी साधन किन्नेहरु बढिरहेका छन् । यद्यपि कतिपयलाई इलेक्ट्रिक सवारी साधन प्रयोग नगरी पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन नै चढ्ने रहर हुन्छ नै ।

यो अवस्थामा बजारमा उपलब्ध धेरै माइलेज दिने सवारी साधनको खोजी गर्नु आवश्यक हुन्छ । नेपालमा यामाहाका बाइक बिक्री–वितरण गरिरहेको एमएडब्ल्यु इन्टरप्राइजेजका स्कुटर यसका लागि राम्रो विकल्प हुन सक्छन् । तर मोटरसाइकल नै चढ्न चाहनेका लागि समेत बेस्ट माइलेज दिने बाइक उपलब्ध भएको एमएडब्ल्युको भनाइ छ ।

यामाहाका मोटरसाइकल प्रविधि र इन्जिन स्पेसिफिकेसनका कारण धेरैको रोजाइमा भएर पनि राम्रो माइलेजका लागि समेत राम्रो भएको बताइन्छ । ती मध्ये यामाहाले पछिल्लो समयमा भित्र्याएको एमटी–१५ बीएस६ एक हो ।

एमटी–१५ बीएस६ लाई केही समय पहिले नेपाली बजारमा १ हजार युनिट बिक्री गरेको समाचार सार्वजनिक भएको थियो । ग्लोबल मार्केटमै धेरै माग भएको र मेजर इलेक्ट्रोनिक कम्पोनेन्टको अभावका कारण कम्पनीले आवश्यक संख्यामा यो मोटरसाइकल बजारमा उपलब्ध गराउन सकेको छैन । नेपालमा पनि धेरै राइडरहरु यो मोटरसाइकलको प्रतीक्षामा छन् ।

मास्टर अफ टर्क अर्थात एमटी भनिने यो मोटरसाइकललाई बाइकर्स वर्ल्डमा धेरै टाइटल दिइएको छ । यो टेक्नोलोजिकल्ली एड्भान्स्ड हाइपर नेकेड र डाइनामिक बाइकले ४५ किलोमिटर प्रतिलिटर भन्दा बढी माइलेज दिने कम्पनीको दावी छ । यसको मूल्य ४ लाख ८३ हजार ९ सय रुपैयाँ छ ।

यामाहाको एफजेडएस भी३ एक्स–कनेक्ट अर्को लोकप्रिय मोटरसाइकल हो । सन् २०१९ मा नै ग्याङ अफ रोडिजका साथ अपर मुस्ताङको लो मान्थाङ पुगेर यसले ९ दिनमा १ हजार ३ सय किलोमिटर भन्दा बढी दुरीको यात्रा पुरा गरिसकेको छ । अनयिल्डिङ पर्फमेन्स र अप्टिमम माइलेजका लागि निर्मित गरिएको भनिने यो मोटरसाइकल पहिलो पटक सन् २००८ मा ‘लर्ड अफ द स्ट्रिट’ ब्यानर अन्तर्गत लन्च गरिएको थियो । त्यसपछि लगातार यो मोटरसाइकलले नेपाली राइडरहरुको मन जितिरहेको छ ।

यामाहाको ब्लुकोर कन्सेप्ट र नयाँ फिचरको रुपमा साइड स्ट्यान्ड कटअफ स्विच तथा कनेक्ट–एक्स उपलब्ध भएको यो मोटरसाइकलले सहरी क्षेत्रमा ५० किलोमिटर भन्दा बढी माइलेज दिने कम्पनीको दावी छ । यसको मूल्य ३ लाख ९४ हजार ९ सय रुपैयाँ छ ।

एफजेड भी२ यामाहाको अर्को उपयुक्त मोटरसाइकल हो । पहिलो पटक सन् २०१४ मा लन्च गरिएको यो मोटरसाइकलले पर्फमेन्स र माइलेजका कारण लाखौ युवाहरुले रुचाएका छन् । १३२ किलोग्राम तौल भएकाले हलुका मानिने यो मोटरसाइकलले ५० किलोमिटर भन्द्या बढी माइलेज दिने बताइन्छ । विशेष गरी सिटी कम्युट र हाइवे राइडर्सका लागि उपयुक्त यो मोटरसाइकलको मूल्य ३ लाख २३ हजार ९ सय रुपैयाँ छ ।

एफजेडएस भी२ यो सेगमेन्टको सबैभन्दा कम मूल्यमा उपलब्ध हुने फ्युल इन्जेक्टेड बाइक मानिन्छ । सिटी राइड र हाइवेका लागि प्रयोग गर्न सकिने उपयुक्त मूल्यमा उपलब्ध हुने आधुनिक प्रविधियुक्त मोटरसाइकल खोज्नेका लागि यो उपयुक्त विकल्प बन्न सक्छ । ५० किलोमिटर भन्दा बढी माइलेज दिने दावी गरिएको यो मोटरसाइकलले इन्जिनमा आवश्यक मात्रामा इन्धन उपलब्ध गराउनका लागि एड्भान्स्ड सेन्सर र एक्चुएटरको प्रयोग गर्छ । न्यु–एज स्ट्रिट फाइटर भनिने यो मोटरसाइकलको मूल्य ३ लाख ४७ हजार ९ सय रुपैयाँ छ ।

अन्य रेगुलर कम्युटिङ बाइक जस्तै पर्फमेन्स देखाउने यामाहाको नयाँ मोटरसाइकल आर१५एम ट्रयाक्सन कन्ट्रोल सिस्टम र क्विक सिफ्टर सहित उपलब्ध छ, जसले दिने उच्च पावर र टर्कका कारण यो साँच्चिकै रेसिङ बाइक जस्तो लाग्छ । ४० किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी गरिएको यो मोटरसाइकलको मूल्य ५ लाख ८७ हजार ९ सय रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

हाइब्रिड प्रविधिमा आउँदै यामाहा एफजेड–एक्स

हाइब्रिड प्रविधिमा आउँदै यामाहा एफजेड–एक्स

यामाहाले एफजेड–एक्सको २०२५ संस्करणमा हाइब्रिड प्रविधि दिने भएको छ ।...

काठमाडौंमा यामाहाको क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिता सम्पन्न

काठमाडौंमा यामाहाको क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिता सम्पन्न

काठमाडौं– यामाहा नेपालले काठमाडौंमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट...

यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक एफजेड–एक्स १५० नेपाली बजारमा बिक्री–वितरण प्रारम्भ

यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक एफजेड–एक्स १५० नेपाली बजारमा बिक्री–वितरण प्रारम्भ

काठमाडौँ— यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...