यामाहाले ल्यायो दशैं तिहार अफर, १ लाख सम्मको क्यास ब्याक र जापान भ्रमण सुविधा
काठमाडौं– यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं–नेपालमा विवाहको सिजन सुरु भएसँगै यामाहाले आफ्नो वार्षिक विवाह सिजन अफर ‘यामाहाः मायासँग मायाको यात्रा’ पुनः सार्वजनिक गरेको छ ।
प्रेमबाट सुरु हुने नयाँ सुरुवात र जीवनको नयाँ यात्रालाई उत्सवका रूपमा प्रस्तुत गर्ने यो अभियान नेपाली संस्कृति, परम्परा र भावनामा आधारित छ । यसले प्रत्येक अर्थपूर्ण सम्बन्धहरू हरेक पाइलामा सुरक्षित, सहज र भरोसायोग्य हुनुपर्छ भन्ने यामाहाको विश्वासलाई प्रतिबिम्बित गर्ने जनाइएको छ ।
विवाह सिजन अफर अन्तर्गत यामाहाले आकर्षक छुटहरू प्रदान गर्दै आएको छ, जसले नयाँ वैवाहिक जीवन सुरु गर्ने जोडीहरूलाई सुरक्षित र भरपर्दो सवारी साधनमा लगानी गर्न सहज बनाउँछ । ग्राहकहरूले यामाहा नेपालबाट शुभ विवाहको प्रतीकस्वरूप ६ हजार सम्मको नगद पुरस्कार (सगुन) प्राप्त गर्न सक्नेछन् ।
अभियानमार्फत यामाहाले जीवनको यस महत्वपूर्ण मोडमा जोडीहरूको भरोसायोग्य साथीका रूपमा साथ दिने लक्ष्य लिएको छ । भरपर्दो प्रदर्शन, उत्कृष्ट राइडर कम्फर्ट र उन्नत सुरक्षा सुविधासहित यामाहाले जोडीहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न सहयोग गर्दछ ।
यो पहलसँगै यामाहाले सवारी साधन मात्र नभई प्रेमलाई साथ दिने, परिवारको सुरक्षा गर्ने र नयाँ सुरुवातलाई सशक्त बनाउने ब्रान्डको रूपमा आफूलाई पुनः प्रमाणित गरेको छ । यामाहा वैवाहिक जीवनमा प्रवेश गर्दै गरेका जोडीहरूसँग सधैं साथमा रहने प्रतिबद्धता जनाउँदै, हरेक यात्रा सुरक्षित, सहज र निश्चिन्ततासहित सुरु हुने कुरा सुनिश्चित गर्ने बताइएको छ ।
काठमाडौं– यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं–ललितपुरको लगनखेलमा ‘यामाहा ब्लु फेस्ट २०८२’ सुरु भएको छ ।...
यामाहाले हालै इन्जिन नोट सहितको एउटा सानो भिडियो सार्वजनिक गरेको छ, जसले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...