आजदेखी यामाहा एक्सचेन्ज मेला, टेष्ट राइड गर्दा माउन्टेन फ्लाइटको टिकट पाउन सकिने

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले आजदेखी महा एक्सचेन्ज मेला शुरु गरेको छ । भृकुटीमन्डपमा आयोजना हुने शो मेला २२ गतेसम्म चालु रहनेछ । मेलामा ग्राहकले आफूसंग भएको जुनसुकै पुरानो ब्रान्डका मोटरसाइकल तथा स्कुटरसंग यामाहाको ब्रान्ड न्यू वाइक एक्सचेन्ज गर्न सक्नेछन् ।

यो मेलामा केही दिन पहिलेमात्र नेपाल भित्रिएको एफजेड–एक्स मोटरसाइकल आकर्षणको केन्द्र हुने विश्वास लिइएको छ । साथै एमटी १५ बिएस६ को बुकिङ लिएर वसेका ग्राहकलाई समेत मेलास्थलबाटै बाइक डेलभरी गर्ने कम्पनी स्रोतको भनाई छ ।

यामाहाको यो मेलामा एक्सचेन्ज मार्फत नयाँ वाइक खरिद गर्दा ग्राहकले आफूसंग भएको पुरानो बाइकमा प्रचलित मूल्यभन्दा १० हजार रुपैयाँ अतिरिक्त मूल्यांकन पाउनेछन् । यसैगरी टेष्ट राइड गर्नेमध्येबाट एकजनालाई हरेक दिन माउन्टेन फ्लाइटको टिकट दिइने कम्पनीले बताएको छ । मेलास्थलबाट बाइक खरिद गर्दा ग्राहकले नयाँ वर्ष स्किममा समेत सहभागी हुन पाउनेछन् । जसअन्तर्गत वम्परमा २० लाख ७९ हजार र ८ हजार ३ सय १६ रुपैयाँसम्म स्योर सट उपहार प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले आफूसंग भएको जुनसुकै ब्रान्डको मोटरसाइकल तथा स्कुटरको फ्रि चेकअप र वासको सुविधा समेत लिन सक्नेछन् । यामाहाले यो मेलामा छुट्टै एफआई स्टेशनको समेत प्रवन्ध मिलाएको छ । जहाँ ग्राहकले आफूसंग भएको एफआई इन्जिनयुक्त बाइकको चेकअप गराएर हेल्थ कार्ड समेत लिन सक्नेछन् । यसको साथै राइडिङ कम्पिटिसन र क्विज लगायत अन्य गतिबिधीको समेत आयोजना गरिनेछ ।

सम्बन्धित समाचारहरू

यामाहा नेपालले ल्यायो ‘ब्लु स्ट्रिक्स’ : सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल

यामाहा नेपालले ल्यायो ‘ब्लु स्ट्रिक्स’ : सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल

काठमाडौं – यामाहा नेपालले आफ्नो बहुप्रतीक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु...

माइलेज र फिचरमा प्रतिस्पर्धीलाई पछि पार्दै यामाहा रे–जेडआर १२५

माइलेज र फिचरमा प्रतिस्पर्धीलाई पछि पार्दै यामाहा रे–जेडआर १२५

स्कुटर प्रयोगकर्तालाई यदि तपाईको स्कुटर कस्तो छ भनेर सोध्ने हो भने उनीहरु...

यामाहाले ल्यायो नयाँ वर्ष अफर, बाइक किन्दा क्यासब्याक र उपहारको अवसर

यामाहाले ल्यायो नयाँ वर्ष अफर, बाइक किन्दा क्यासब्याक र उपहारको अवसर

यामाहा मोटरसाकल तथा स्कुटरको आधिकारिक विक्रेताएमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...