केही घण्टामै सोल्ड आउट भयो यामाहाको नयाँ क्याफे रेसर बाइक

यामाहाले थाइल्याण्ड मोटर एक्सपोमा पहिलो पटक एक्सएसआर १५५ सार्वजनिक गरेको छ । यो बाइकलाई पहिलो लुकदेखि नै यति धेरै मन पराइएको थियो कि यस बाइकका सबै युनिटहरू लन्च भएको केही घण्टामै बिक्री भइसकेका थिए ।

रुसलेनको रिपोर्ट अनुसार यामाहाले यो बाइकको लिमिटेड एडिसन अन्तर्गत बजारमा १०० युनिट मात्र उपलब्ध गराएको थियो । तर यो बाइक लन्च भएको केही घण्टामै यसको सबै युनिट बिक्री भइसकेको छ । यसको लिमिटेड एडिसन थाइल्याण्डमा लन्च गरिएको थियो ।

सो बाइकको इन्जिन नियो रेट्रो एमटी १५ मोटरसाइकलमा आधारित छ । बाइकमा १५५ सीसी सिंगल सिलिन्डर लिक्विड–कुल्ड इन्जिन जडान गरिएको छ, जसले १९ बीएचपीको पावर र १४.७ एनएमको टर्क जेनेरेट गर्छ । यस बाइकमा ६ स्पिड गियरबक्स दिइएको छ । यसको डिजाइन एक्सएसआर ७०० र एक्सएसआर ९०० जस्तै छ । बाइकमा टियर ड्रप स्टाइल फ्युल ट्यांक र फ्ल्याट सिट जोडिएको छ । कम्पनीले यसमा कैयौं एसेसरिजहरु विकल्पका रूपमा पेश गरेको छ ।

नियो रेट्रो बाइकलाई रेट्रो लुक दिइएको छ । यसमा राउण्ड एलईडी स्प्लिट हेडल्याम्प, मस्कुलर फ्युल ट्यांक, राउन्ड टेलल्याम्प, राउन्ड डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता फिचरहरू समावेश गरिएको छ । बाइकमा सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर पनि रहेको छ । साथै डिजिटल ट्रिपमिटर, फ्युल मिटर, स्पिडोमिटर, गियर इन्डिकेटर र ट्रिप इन्डिकेटर पनि दिइएको छ ।

यो बाइक यामाहा थाइल्याण्डले जिउस कस्टम्ससँगको सहकार्यमा निर्माण गरेको हो । जसले कस्टम किट विकसित गरेको थियो । जिउस कस्टम्सले एक्सएसआर १५५ लाई कुल रेट्रो क्याफे रेसरमा परिणत गरेको छ । थाइल्याण्डमा यसको मूल्य ९१ हजार ५०० थाइल्याण्ड भाट तोकिएको छ ।

नेपालमा भने यस प्रकारको मोटरसाइकल तत्काल आउने सम्भावना छैन ।

सम्बन्धित समाचारहरू

प्रतिदिन १३० रुपैयाँ तिर्ने गरी यामाहा मोटरसाइकल लिन सकिने

प्रतिदिन १३० रुपैयाँ तिर्ने गरी यामाहा मोटरसाइकल लिन सकिने

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

यामाहा एरोक्सको नयाँ संस्करण सार्बजनिक, यस्तो छ विशेषता

यामाहा एरोक्सको नयाँ संस्करण सार्बजनिक, यस्तो छ विशेषता

यामाहाले इन्डोनेसियामा एरोक्सको नयाँ संस्करण सार्वजनिक गरेको छ ।...

यामाहाले ल्याउने मिडिलवेट फुल्ली फेयर्ड सुपरस्पोर्ट बाइक आर७ को थप फिचर सार्वजनिक

यामाहाले ल्याउने मिडिलवेट फुल्ली फेयर्ड सुपरस्पोर्ट बाइक आर७ को थप फिचर सार्वजनिक

यामाहाले आगामी मे १८ मा नयाँ बाइक आर७ को ग्लोबल डेब्यु गर्ने भएको छ । केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...