डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक, पहिलो ५० जना ग्राहकलाई विशेष छुटको व्यवस्था
काठमाडौं–चीनको सरकारी स्वामित्वमा रहेको सवारी उत्पादक कम्पनी डोङफेङका...
यामाहाले आफ्नो नयाँ प्रिमियम इलेक्ट्रिक स्कुटर एरोक्स ई आधिकारिक रूपमा लन्च गरेको छ। कम्पनीले स्कुटरको मूल्य आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ।
यामाहा एरोक्स ईमा एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, इको, स्ट्यान्डर्ड, पावर र बुस्ट राइडिङ मोड, अगाडि र पछाडि डिस्क ब्रेक, एबीएस, १४ इन्चका अलोय ह्विल र ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर उपलब्ध गराइएको छ। यी फिचरले स्कुटरलाई सुरक्षित, सहज र प्रविधिमैत्री बनाउने कम्पनीको दाबी छ।
स्कुटरमा दुईवटा १.५ किलोवाट आवर क्षमताका रिमुभेवल ब्याट्री प्याक जडान गरिएको छ, जसमा ९.५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जोडिएको छ । सो मोटरले १२.९ हर्सपावर र ४८ एनएमको टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार सो स्कुटरले फुल चार्जमा ११७ किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसको टप स्पिड प्रतिघण्टा ९५.५ किलोमिटर रहेको छ।
यामाहाले एरोक्स ई प्रिमियम इलेक्ट्रिक स्कुटर बजारलाई लक्षित गर्दै लन्च गरेको हो। भारतीय बजारमा यसको मूल्य २ लाख ८२ हजार भारु निर्धारण गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...