नयाँ वर्ष पश्चात यामाहाका तीन मोडल नेपाली बजारमा उपलब्ध
काठमाडौँ— यामाहाले केही दिनको अन्तरालमा बाइक र स्कुटर गरी तीन मोडलका...
यामाहाले सन् २०२२ को पहिलो उपहारको रुपमा एफजेडएस एफआईलाई नयाँ स्टाइलमा सार्वजनिक गरेको छ । यसको सबैभन्दा माथिल्लो भेरिएन्टको रुपमा एफजेडएस एफआईको डिलक्स भेरिएन्ट समेत सार्वजनिक गरिएको छ ।
एफजेडएस एफआईको २०२२ मोडलको मूल्य १ लाख १६ हजार भारु तोकिएको छ । यो मोटरसाइकल मेट रेड र मेट ब्लु कलर अप्सनमा उपलब्ध हुनेछ । यसमा नयाँ फिचरको रुपमा एलईडी टेललाइट देख्न सकिन्छ ।
त्यसैगरी एफजेडएस एफआई डिलक्सको मूल्य १ लाख १९ हजार भारु तोकिएको छ । यो मोटरसाइकल मेटालिक ब्लु, मेटालिक डिप रेड र सोलिड ग्रे कलर अप्सनमा उपलब्ध हुनेछ । यो मोटरसाइकलमा नयाँ फिचरको रुपमा कलर्ड अलोय ह्विल, नयाँ ग्राफिक्स, एलईडी फ्ल्यासर्स, एलईडी टेललाइट र ड्युअल टोन कलर्ड सिट जस्ता विशेषता उपलब्ध छन् । मेटालिक ब्ल्याक र मेटालिक डिप रेड कलरमा मात्र ड्युअल टोन कलर्ड सिट उपलब्ध छ ।
एफजेडएस एफआई मोडलका सबै मोटरसाइकलमा १४९ सीसीको इन्जिन छ, जसले १२.४ पीएस पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ । यी मोटरसाइकलमा ब्लुटुथ इनेबल्ड कनेक्ट–एक्स एप छ, जसले एन्सर ब्याक, लोकेट माई भेइकल, पार्किङ रेकर्ड र हजार्डका साथ राइडिङ हिस्ट्री समेत देखाउँछ ।
त्यसैगरी यसमा सिंगल च्यानल एबीएस, रियर डिस्क ब्रेक, मल्टी फङसनल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र लोअर इन्जिन गार्डसमेतका विभिन्न विशेषता छन् ।
यी दुवै मोडल हेर्दा सानदार छन् भने गजब स्टाइलका कारण युवाको रोजाईमा पर्ने सम्भावना धेरै छ ।
नेपाली बजारमा यामाहाले केही समय पहिले एफजेडएस एफआई मोटरसाइकल उपलब्ध गराएको थियो । अब अपडेट गरिएको भेरिएन्ट पनि भविष्यमा आउने अनुमान गर्न सकिन्छ ।
काठमाडौँ— यामाहाले केही दिनको अन्तरालमा बाइक र स्कुटर गरी तीन मोडलका...
काठमाडौँ – नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिजको सातौँ...
यामाहाले भारतमा एमटी–१५ मोन्स्टर इनर्जी यामाहा मोटोजीपी एडिसन लन्च गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...