प्रतीक्षामा यामाहा एफजेड–एक्स नियो–रेट्रो मोटरसाइकल

यामाहा मोटर इन्डियाले छिट्टै नै भारतमा नयाँ एफजेड–एक्स नियो–रेट्रो मोटरसाइकल उतार्ने तयारी गरिरहेको छ । हालै सो मोटरसाइकल देखिएको थियो । आगामी केही महिनामै यो मोटरसाइकल बिक्रीका लागि उपलब्ध हुनेछ ।

यो मोटरसाइकल यामाहाको १५० सीसी सेगमेन्टमा सामेल हुनेछ । मोटरसाइकल निकै नै स्टाइलिस र स्पोर्टी हुनेछ, जसले युवाहरुलाई आकर्षित गनुृका साथै दैनिक कामकाजी व्यक्तिले समेत उपयोग गर्न सक्ने छन् ।

यो मोटरसाइकलको लम्बाई २,०२० एमएम, चौडाई ७८५ एमएम र उचाई १,११५ एमएम हुनेछ । यसको मूल्य अहिले नै थाहा नभए पनि सामान्यतः १ लाख १५ हजार भारु जति हुनेछ ।

सो मोटरसाइकलमा १४९ सीसीको एयरकुल्ड इन्जिन हुनेछ, जसले १२.४ एचपीको पावर र १३.३ एनएमको टर्क जेनेरेट गर्नेछ । सो इन्जिनलाई ५–स्पिड कन्स्ट्यान्ट मेस ट्रान्समिसनले जोड्ने छ ।

त्यसैगरी सो मोटरसाइकलमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, मोनोसक रियर सस्पेन्सन हुनेछ । यो मोटरसाइकलको अन्य विभिन्न जानकारी भने अझै सार्वजनिक भइसकेको छैन । यद्यपि यसमा ब्लुटुथ, एन्टी लक ब्रेकिङ सिस्टम जस्ता हाइटेक फिचरहरु पनि उपलब्ध हुने छन् ।

सम्बन्धित समाचारहरू

मोटोजिपी हेर्न थाइल्यान्ड जाने हो ? यामाहा शोरुम गएर फारम भर्ने अन्तिम अवसर

मोटोजिपी हेर्न थाइल्यान्ड जाने हो ? यामाहा शोरुम गएर फारम भर्ने अन्तिम अवसर

काठमाडौँ — नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले...

यामाहाले भारतमा वाईजेडएफ-आर२ नाम दर्ता गर्‍यो, नयाँ सुपरस्पोर्ट बाइक आउने संकेत

यामाहाले भारतमा वाईजेडएफ-आर२ नाम दर्ता गर्‍यो, नयाँ सुपरस्पोर्ट बाइक आउने संकेत

यामाहाले भारतमा नयाँ सुपरस्पोर्ट मोटरसाइकल वाईजेडएफ-आर२ नाम ट्रेडमार्क...

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...