यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर भारतमा उत्पादन सुरु

यामाहाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईसी–०६ को उत्पादन सुरु भएको घोषणा गरेको छ । सो नयाँ स्कुटर कर्नाटकको होस्कोटमा रहेको रिभरको प्लान्टबाट निर्माण भइरहेको छ ।

रिभर इन्डीमा आधारित यामाहा ईसी–०६ मा ४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले १६० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । स्कुटरमा ६.७ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । यस स्कुटरलाई ९० किलोमिटर प्रतिघण्टाको उच्चतम गतिमा हाँक्न सकिने दाबी गरिएको छ ।

यामाहाको सो नयाँ स्कुटरमा आयताकार हेडल्याम्प, फ्ल्याट फुटबोर्ड र सिंगल पिस सिट उपलब्ध गराइएको छ । सिट मुनि २४.५ लिटर क्षमताको स्टोरेज स्पेस दिइएको छ ।

स्कुटरमा एलसिडी इन्स्ट्रयुमेन्ट कन्सोल राखिएके छ, भने राइडिङ मोडहरू र रिभर्स असिस्ट समेत उपलब्ध गराइएको छ । यामाहाले यस नयाँ स्कुटरलाई छिट्टै भारतिय बजारमा लन्च गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

यामाहा आर१५ को उत्पादन १० लाख युनिट नाघ्यो, ९० प्रतिशत बजार भारत

यामाहा आर१५ को उत्पादन १० लाख युनिट नाघ्यो, ९० प्रतिशत बजार भारत

यामाहाले आफ्नो चर्चित मोटरसाइकल आर१५ को उत्पादन १० लाख यूनिट नाघेको...

४ लाख ६० हजार मूल्य भएको यामाहा एमटी–१५ बीएस६ को बढ्दो क्रेज

४ लाख ६० हजार मूल्य भएको यामाहा एमटी–१५ बीएस६ को बढ्दो क्रेज

यामाहालाई धेरैले स्पोर्ट्स बाइक ब्रान्डको पर्यायबाचीको रुपमा लिन्छन् ।...

यामाहाले नेपालमा ल्यायो बीएस६ भर्सनको एफजेड–एस एफआई भी३, भोलि लन्च हुने

यामाहाले नेपालमा ल्यायो बीएस६ भर्सनको एफजेड–एस एफआई भी३, भोलि लन्च हुने

काठमाडौं – नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल एफजेड–एस भी३ एबीएस बीएस६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...