यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित
काठमाडौं – यामाहा नेपालले दसैँ–तिहार लक्षित ‘चङ्गा चेट, जितको नयाँ...
काठमाडौं - यामाहा नेपालले नयाँ फ्यासिनो १२५ एफआई हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ। एमएडब्लू राइड्स प्रालिअन्तर्गतको यामाहा नेपालले शुक्रबार काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा विशेष कार्यक्रम आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो।
स्कुटर सार्वजनिक कार्यक्रमलाई फरक स्वरूप दिँदै आर्ट ग्यालरीमा ६ वटा फ्यासिनो हाइब्रिड स्कुटर प्रदर्शनीमा राखिएको थियो। प्रत्येक स्कुटरलाई फरक व्यक्तित्व, रुचि र सिर्जनशीलता झल्किने गरी सजाइएको थियो। सहभागीले स्कुटरको डिजाइन र विशेषता अवलोकन गर्नुका साथै आफूलाई बढी मेल खाने शैली पहिचान गर्ने अवसर पाएका थिए। कार्यक्रममा काठमाडौंका डिजिटल कन्टेन्ट क्रियटरहरूको पनि सहभागिता थियो।
१२५ सीसीको फ्युल इन्जेक्सनयुक्त इन्जिन रहेको फ्यासिनो हाइब्रिडमा यामाहाको स्मार्ट मोटर जेनेरेटर (एसएमजी) प्रविधि जडान गरिएको छ। यसले इन्जिनलाई कम आवाजमा स्टार्ट गर्न सहयोग गर्नुका साथै स्कुटर रोकिएको अवस्थाबाट अघि बढ्दा थप शक्ति प्रदान गर्छ। यस प्रविधिले इन्धन खपत कम गर्न र माइलेज बढाउनसमेत सहयोग गर्ने कम्पनीको दाबी छ।
केवल ९८ किलोग्राम तौल रहेको यस स्कुटरमा आरामदायी सिट र साइड स्ट्यान्ड इन्जिन कटअफ स्विचजस्ता सुविधा छन्। हलुका बनावट र सहज प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको फ्यासिनो हाइब्रिडलाई आकर्षक डिजाइन र आधुनिक प्रविधिको संयोजनका रूपमा प्रस्तुत गरिएको छ।
स्कुटर सार्वजनिक कार्यक्रममा एमएडब्लू राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवालले फ्यासिनो हाइब्रिडले चालकको व्यक्तित्व र मौलिक शैलीलाई अभिव्यक्त गर्ने बताए। उनका अनुसार स्कुटरलाई केवल आवागमनको साधनका रूपमा नभई चालकको पहिचान र व्यक्तित्वसँग जोड्ने उद्देश्यले कार्यक्रमको अवधारणा तयार गरिएको हो।
कम्पनीले फ्यासिनो हाइब्रिडलाई आकर्षक डिजाइन, हाइब्रिड प्रविधि र दैनिक प्रयोगको सहजता खोज्ने ग्राहकलाई लक्षित गरेको छ। स्कुटर अहिले नेपालभरका यामाहा शोरुम तथा आधिकारिक डिलरमा उपलब्ध रहेको छ।
नेपालमा फ्यासिनो १२५ एफआई हाइब्रिड तीन भेरियन्टमा उपलब्ध छ। फ्यासिनो ड्रमको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ, फ्यासिनो डिस्कको ३ लाख २९ हजार ९०० रुपैयाँ र फ्यासिनो एसको ३ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ।
ग्राहकहरूले नजिकैको यामाहा शोरुममा गएर स्कुटर अवलोकन गर्न र थप जानकारी लिन सक्नेछन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...