चल्दै यामाहा एक्सचेन्ज, थप १५ हजार भ्यालुएसन

काठमाडौं – नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले एक्सचेन्ज अफर ल्याएको छ । कार्बुरेटर छोडौ, एफआई चढौ भन्ने नारासाथ संचालित सो अफर अन्तर्गत कुनै पनि पुरानो बाइकसँग नयाँ यामाहा बाइक साट्न सकिने छ । ती पुराना बाइकलाई बजारमा प्रचलित मूल्य भन्दा थप १५ हजार रुपैयाँको भ्यालुएसन गरिने कम्पनीको भनाइ छ ।

देशभर रहेका यामाहा सोरुममा संचालित सो अफर पुस २९ सम्म चल्ने छ । यस अन्तर्गत एफआई इन्जिनयुक्त यामाहा बाइक खरिद गर्न सकिने छ ।

यामाहाले एफआई र कार्बुरेटर इन्जिनमा हुने फरकका वारेमा समेत जानकारीमूलक अभियान चलाएको छ । यामाहाका बाइकमा एफआई इन्जिन हुने र यो उत्कृष्ट प्रविधि भएको बताइएको छ ।

हाल एफआई इन्जिन एक चिरपरिचित शब्द बनेको छ र धेरैजसो दुई पाँग्रे सवारी साधनहरुमा यो प्रविधि जडान गरिएका छन् । यो प्रविधि कार्बुरेटरको स्वचालित संस्करण एवं अत्याधुनिक प्रविधि हो, जसले मोटरसाइकलमा जडान गरिएको यसको ८ सेन्सरहरु (क्र्यान्क अवस्था सेन्सर, कुल्यान्ट तापमापक सेन्सर, इन्टेक एयर प्रेसर सेन्सर, थ्रोटल अवस्था सेन्सर, ओटू सेन्सर, लीन एंगल सेन्सर र स्पिड सेन्सर) को मद्दतले काम गर्ने गर्दछ । यसमा इ.सि.यु. मोनिटरहरुले डाटा प्राप्त गर्दछन् र सोही बमोजिम कारवाही प्रक्रिया शुरु गर्दछ । अन्ततः मानव शरीरमा रहेका दिमाग र इन्द्रियहरु झैं मोटरसाइकललाई उत्कृष्ट प्रतिक्रिया प्रदान गर्छ ।

यामाहाले यो प्रविधिलाई एक दशकभन्दा अघि सन् २००८ को शुरुदेखि नै आफ्नो यामाहा आर १५ को पहिलो उत्पादनबाटै भित्र्याइसकेको हो । यो प्रविधि एफ जेड सिरिजहरु, आर सिरिजहरु र हालसालै मात्र प्रस्तुत एमटि १५ मा समेत प्रयोग गरेर उत्कृष्ट प्रविधिको रुपमा प्रमाणित भैसकेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...