काठमाडौं उपत्यकाभर चल्दै यामाहा एक्सचेन्ज अफर

काठमाडौं - यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई–पांग्रे सवारीसाधन पारखीका लागि एक्सचेन्ज अफर ल्याएको छ । 

यो अफर २०८२ बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरुमहरूमा लागु हुनेछ । 

यामाहा ब्लु फेस्टको सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज अवसर प्रदान गरेको हो ।

अफर अन्तर्गत जुनसुकै ब्रान्डकाे पुरानो सवारीसाधनमा न्यूनतम २५ हजारको भ्यालुएसन हुनेछ । एक्सचेन्ज भ्यालु अझ बढाउन थप १० हजारको अतिरिक्त भ्यालुएसन समेत प्रदान गरिनेछ ।

धरौटीबिना नै सजिलो फाइनान्सिङ सुविधा सुविधा उपलब्ध हुनेछ । यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९ प्रतिशत व्याजदरमा सस्तो किस्ताबन्दी सुविधा उपलब्ध छ ।

यामाहाले नयाँ वर्ष २०८२ काे अवसरमा ल्याएको थ्रील अफ थ्री अफर अन्तर्गत १ लाख रुपैयाँसम्मको स्योर शट छुट समेत प्राप्त हुनेछ ।

उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिजहरू पाइने छ ।

नेपालमा एमएडब्लु राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा, अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका लागि अत्यन्तै विश्वासिलो ब्रान्ड हो। यामाहा सधैं नयाँ प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्दै नेपालभर उत्कृष्ट सवारी अनुभव प्रदान गर्न प्रतिबद्ध भएकाे बताइएकाे छ ।

सम्बन्धित समाचारहरू

यामाहाले ल्याउदै छ आर२, दर्ता भयो ब्रान्ड नेम

यामाहाले ल्याउदै छ आर२, दर्ता भयो ब्रान्ड नेम

यामाहाले बजारमा दुई नयाँ बाइक उपलब्ध गराउने तयारी गरिरहेको समाचार...

यस्तो आकर्षक कलर र स्टाइलमा आउँदै छ यामाहा आर१५एम

यस्तो आकर्षक कलर र स्टाइलमा आउँदै छ यामाहा आर१५एम

यामाहाले हाल बजारमा उपलब्ध आर१५ को नयाँ भर्सन कस्तो ल्याउला भन्ने समाचार...

नेपाली बजारमा यामाहाको अर्को बाइक आर१५ भी४ : खुल्यो बुकिङ

नेपाली बजारमा यामाहाको अर्को बाइक आर१५ भी४ : खुल्यो बुकिङ

काठमाडौं – यामाहाको नयाँ बाइक आर१५ भी४ को बुकिङ खुलेको छ । भृकुटीमण्डपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...