काठमाडौं उपत्यकाभर चल्दै यामाहा एक्सचेन्ज अफर

काठमाडौं - यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई–पांग्रे सवारीसाधन पारखीका लागि एक्सचेन्ज अफर ल्याएको छ । 

यो अफर २०८२ बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरुमहरूमा लागु हुनेछ । 

यामाहा ब्लु फेस्टको सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज अवसर प्रदान गरेको हो ।

अफर अन्तर्गत जुनसुकै ब्रान्डकाे पुरानो सवारीसाधनमा न्यूनतम २५ हजारको भ्यालुएसन हुनेछ । एक्सचेन्ज भ्यालु अझ बढाउन थप १० हजारको अतिरिक्त भ्यालुएसन समेत प्रदान गरिनेछ ।

धरौटीबिना नै सजिलो फाइनान्सिङ सुविधा सुविधा उपलब्ध हुनेछ । यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९ प्रतिशत व्याजदरमा सस्तो किस्ताबन्दी सुविधा उपलब्ध छ ।

यामाहाले नयाँ वर्ष २०८२ काे अवसरमा ल्याएको थ्रील अफ थ्री अफर अन्तर्गत १ लाख रुपैयाँसम्मको स्योर शट छुट समेत प्राप्त हुनेछ ।

उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिजहरू पाइने छ ।

नेपालमा एमएडब्लु राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा, अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका लागि अत्यन्तै विश्वासिलो ब्रान्ड हो। यामाहा सधैं नयाँ प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्दै नेपालभर उत्कृष्ट सवारी अनुभव प्रदान गर्न प्रतिबद्ध भएकाे बताइएकाे छ ।

सम्बन्धित समाचारहरू

यामाहाले विशेषगरी महिलाका लागि डिजाइन गरिएको नयाँ स्कुटर लन्च गर्ने तयारी गर्दै

यामाहाले विशेषगरी महिलाका लागि डिजाइन गरिएको नयाँ स्कुटर लन्च गर्ने तयारी गर्दै

यामाहा मोटर इन्डियाले नयाँ स्कुटर ल्याएको छ, साथै कम्पनीले आफ्नो लोकप्रिय...

यामाहाले सार्वजनिक ग-यो एक्सएसआर सिरिजको सबैभन्दा सानो मोटरसाइकल

यामाहाले सार्वजनिक ग-यो एक्सएसआर सिरिजको सबैभन्दा सानो मोटरसाइकल

यामाहाले औपचारिक रुपमा युरोपेली बजारका लागि एक्सएसआर १२५ मोटरसाइकल...

यामाहाको माइलेज च्यालेन्ज -याली सम्पन्न, ८३.३३ किमी माइलेजका साथ प्रथम बने मोक्तान

यामाहाको माइलेज च्यालेन्ज -याली सम्पन्न, ८३.३३ किमी माइलेजका साथ प्रथम बने मोक्तान

काठमाडौं – यामाहाको मोटरसाइकल तथा स्कुटको आधिकारीक बिक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...