यामाहाले दर्ता गरायो पेटेन्ट, आउँदै छ इलेक्ट्रिक स्कुटर ई०१

यामाहाले आफ्नो सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर प्रोजेक्ट लगभग पुरा गरेको छ । कम्पनीले सो प्रोजेक्ट अन्तर्गत नयाँ इलेक्ट्रिक स्कुटर यामाहा ई०१ बजारमा उतार्ने छ ।

रिपोर्ट अनुसार सो स्कुटरको प्रोडक्सन भर्सन तयार भइसकेको छ । यामाहाले अब यसको पेटेन्टको लागि आवेदन दिएको छ ।

यामाहाले सो इलेक्ट्रिक स्कुटर कन्सेप्ट २०१९ टोक्यो मोटर शो मा प्रदर्शन गरेको थियो । सो स्कुटरको पेटेन्ट इमेज पनि लिक भएको छ । यस अनुसार सो कन्सेप्ट भर्सनको तस्बिरसँग यो धेरै मिल्दोजुल्दो छ । यद्यपि प्रोडक्सन भर्सनमा केही अपडेट पनि उपलब्ध हुनेछ ।

यसको कन्सेप्ट भर्सन हेर्दा वास्तविक जस्तो लाग्दैनथ्यो । प्रोडक्सन भर्सनमा यी सबैलाई हटाएर व्यावहारिक बनाइएको छ ।

यसमा १५ एचपीको इलेक्ट्रिक मोटर उपलब्ध छ । यसको फ्रन्ट नोजको तल नयाँ लाइट दिइएको छ । यामाहा आर वान बाट प्रभावित भएर यसमा ड्युअल एलईडी हेडलाइट दिइएको छ । यसको माथि बस चार्जिङ सकेट कभर गर्नका लागि एक ह्याच दिइएको छ ।

यसको फ्रन्टमा एलईडी मार्कर लाइट छ । यसमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र पिलियनका साथ सिंगल फ्रेम सिट छ । यसको टेल सेक्सन पनि निकै स्लिम छ ।

यामाहाले यो स्कुटरको वारेमा आधिकारिक जानकारी भने दिएको छैन । तर पेटेन्ट फाइल र अन्यका आधारमा यो इलेक्ट्रिक स्कुटर नै भएको अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

बढ्यो यामाहा मोटरसाइकल र स्कुटरको मूल्य, हेर्नुस् नयाँ मूल्य सूची

बढ्यो यामाहा मोटरसाइकल र स्कुटरको मूल्य, हेर्नुस् नयाँ मूल्य सूची

काठमाडौं – यामाहा मोटरसाइकल तथा स्कुटरको नेपाली बजारमा मूल्य वृद्धि भएको...

यामाहा सर्भिस इन्चार्ज मिट सम्पन्न

यामाहा सर्भिस इन्चार्ज मिट सम्पन्न

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू राइड्सले...

यामाहाले भारतमा पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने, २०२५ को अन्त्यसम्म लन्च हुने

यामाहाले भारतमा पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने, २०२५ को अन्त्यसम्म लन्च हुने

यामाहाले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने योजना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...