कहाँ चुक्छन डिलरसिप लिने व्यवसायी, यस्तो छ यामाहाका सीईओ राजु क्षेत्रीको अनुभव

सवारीसाधनको खपत बढेसँगै नेपालमा अहिले यस्ता साधन बिक्री गर्न खुलेका शोरुमको संख्यामा समेत बढोत्तरी हुँदै गएको छ । आयातकर्ता कम्पनीसँगको समझदारीमा डिलरसिप लिएर व्यवसाय गर्न इच्छुक लगानीकर्ताको झुकाव बढिरहेका कारण यस्ता कम्पनीलाई आफूले आयात गर्ने साधनको बजारिकरणमा सहजता समेत आएको छ । सबैभन्दा बढी संख्यामा बिक्री हुने टु ह्विलरको कुरा गर्ने हो भने अहिले यस्ता साधन बिक्री गर्ने शोरुम ठूला शहरदेखि ग्रामीण भेगका साना सहरसम्म विस्तार हुँदै गएको देख्न सकिन्छ ।

नेपालमा कारोबार हुने ५ ठूला टु ह्विलर ब्रान्ड होन्डा, बजाज, यामाहा, टीभीएस र हिरोको देशभर एकसय भन्दा बढी शोरुम संचालन भैरहेका छन् । ती मध्ये एकाध मात्र शोरुम आयातकर्ता कम्पनी आफैले संचालन गरिरहेका छन् भने बाँकी ठूलो संख्या डिलरसिप अवधारणमा चलिरहेका छन् ।

मोटरसाइकल र स्कुटरको बजार दुरदराजका ग्रामीण भेगमा समेत विस्तार भैरहेका कारण भोलिका दिनमा यो संख्या अझै बढेर जाने देखिन्छ । डिलरसिप लिएर शोरुम संचालन गर्न इच्छुक लगानीकर्ताको झुकाव समेत यो क्षेत्रमा बढिरहेका कारण कम्पनीलाई शोरुम विस्तार गर्न थप सहज समेत भएको छ ।

मोटरसाइकल र स्कुटर आफैमा एक ग्ल्यामर प्रोडक्ट भएका कारण यसको बिजनेस समेत ग्ल्यामर तवरबाट गर्नुपर्ने हुन्छ । जसका लागि शुरुवातमै शोरुम निर्माण र यसको साजसज्जाका लागि ठूलो रकम लगानी गर्नुपर्छ । अझ यसरी निर्माण गरिने शोरुम र शोरुममा गरिने साजसज्जा प्रिन्सिपल कम्पनीको गाइडलाइन अनुसार गर्नुपर्ने हुन्छ । यसअर्थमा भन्नुपर्दा आकर्षक शोरुमको निर्माण नै यो व्यवसायको शुरुवाती सर्त बनिरहेको छ । जसको निर्माणका लागि लगानीकर्ताले शुरुमै ठूलो रकम पूर्वाधारमा खर्चनु पर्ने हुन्छ ।

शोरुम निर्माण सम्पन्न भैसकेपछि आयातकर्ता कम्पनीसँग भएको समझदारी अनुरुप प्रोडक्ट खरिदमा लगानी गर्ने चरण शुरु हुन्छ । यसका लागि लगानीकर्ताले बैंकसँग वित्तीय सहजीकरणको अर्को छुट्टै सम्झौता गर्नु पर्ने हुन्छ । उक्त सम्झौतालाई आधार मानेर प्रतीतपत्र (एलसी) अर्थात बैंक ग्यारेन्टीको आधारमा कम्पनीले डिलरलाई आफ्नो उत्पादन उपलब्ध गराउँछन् । यसरी खरिद गरि ल्याइएको सवारी साधनलाई शोरुम संचालकले शोरुममा राख्छन् र कम्प्नीद्वारा निर्धारण गरिएको मूल्यमा मोटरसाइकल अर्थात स्कुटर बिक्री गर्छन् । जसबापत यस्ता डिलरले कम्पनीसँगको समझदारीमा उल्लेख गरिए बमोजिम हरेक साधनको बिक्री बापत निश्चित रकम मुनाफा आर्जन गर्ने गर्छन् । सोही मुनाफाबाट उसले शोरुममा लाग्ने खर्च र बैंकको ब्याजलगायत अन्य खर्च बेहोर्नुपर्ने हुन्छ ।

डिलरसिपको यो प्रक्रिया बुझेर लगानी गर्ने व्यवसायीले आफ्नो व्यवसाय राम्रैसँग चलाउन सक्ने र नबुझीकन देखासिकीको भरमा गर्नेहरुले समस्या खेप्नुपर्ने यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्री बताउँछन् । उनका अनुसार मोटरसाइकलको व्यापारलाई ग्ल्यामर बिजनेश ठानेर पर्याप्त जानकारी बिनै शोरुम राख्ने निर्णय लिइयो भने पछि पश्चताप गर्नुपर्ने हुन्छ । उनी भन्छन्, ‘यस्ता साधनको बिक्री बापत आर्जन हुने निश्चित मुनाफाबाट व्यवसाय चलाउन सक्ने स्पष्ट योजना बेगर व्यवसाय थालियो भने बीचमै डिलरसिप क्र्यास समेत हुन सक्छ ।’

यो बिजनेशको मोडालिटी नै नबुझी अति महत्वाकांक्षी बनेर काम गर्दा डिलरसिप दुर्घटनामा पर्न सक्ने उनको बुझाइ छ । ‘मोटरसाइकल बिक्री बापत आएको रकम सबै मेरो हो भन्ने ठानेर यस्तो रकमलाई कतिपयले घरजग्गा र गाडीलगायत फिक्स्ड एसेस्ट खरिदमा लगानी गर्दा समस्यामा पर्ने गरेको पाइन्छ । मोटरसाइकल बिक्री बापत प्राप्त हुने मुनाफा मात्र आफ्नो ठानेर बाँकी रकमलाई व्यवसायमै लगाउँदा पछि समस्या आउँदैन । तर यो व्यवसायमा असफल भएका अधिकांश लगानीकर्ताले यही कुरा नबुझेका कारण पछि शोरुम बन्द गर्नु परेको उदाहरणहरु छन्’ उनले भने ।

यसका अतिरिक्त यो व्यवसायमा आफ्नो रुचि, लगाव, अनुभब र धैर्य गर्न सक्ने क्षमताको साथै राम्रो फाइनान्सियल स्टाटस नहुँदा समेत डिलरसिप संचालनमा समस्या आउने गरेको उनले बताए ।

सम्बन्धित समाचारहरू

यामाहाका यी मोटरसाइकल र स्कुटरमा बढ्यो मूल्य

यामाहाका यी मोटरसाइकल र स्कुटरमा बढ्यो मूल्य

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडव्लू इन्टरप्राइजेजले...

यामाहाले उत्कृष्ट डिजाइन र एड्भान्स फिचरले सुसज्जित एमटी ०९ एसपी बाइक जुनमा लन्च गर्दै

यामाहाले उत्कृष्ट डिजाइन र एड्भान्स फिचरले सुसज्जित एमटी ०९ एसपी बाइक जुनमा लन्च गर्दै

यामाहाले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा एमटी ०९ एसपी प्रदर्शन गरेको...

यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल ‘ब्लु स्ट्रिक्स’

यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल ‘ब्लु स्ट्रिक्स’

काठमाडौं – नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...