२०७७ चैत ३० सोमबार,

यस्तो छ ३५ लाख मूल्यको यामाहाको क्रुजर बाइक बोल्ट

Post adv
काठमाडौं – हालै नेपाली बजारमा उपलब्ध यामाहाको नयाँ क्रुजर बाइक बोल्ट भृकुटीमण्डपमा देख्न पाइन्छ । यामाहाले आयोजना गरेको यामाहा महाएक्सचेन्ज मेलामा यो बाइक पनि प्रदर्शन गरिएको छ । यामाहा बोल्टमा ९४२ सीसीको एयरकुल्ड एसओएचसी, भी–ट्विन फोर भल्व इन्जिन जडान गरिएको छ, जसले ५४ पीएसको पावर र ८० एनएमको टर्क जेनेरेट गर्छ ।  यसमा कम्फर्टेबल टुरिङका लागि राउन्ड सेप हेडल्याम्प र फराकिलो स्प्लिट सिट हुनुका साथै हाइसेट ह्यान्डलबार र ट्रेडिसनल रुपमा पोजिसन गरिएको मिरर छ । यसमा कुनै फेन्सी ग्राफिकल मेकओभर विनै भिन्टेज स्टाइल प्रदान गरिएको छ । सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी हुनुका साथै रिल्याक्सयुक्त क्रुजिङकालागि ६९० एमएमको सिट हाइट छ । यसको पछिल्लो भागमा एलईडी टेललाइट र रेट्रो–इन्स्पायर्ड टर्न इन्डिकेटर छ । त्यसैगरी अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र थप अपडेटको रुपमा पोजिसन ल्याम्प रहेको छ । डबल क्र्याडल फ्रेममा निर्माण गरिएको सो बाइकमा ४१ एमएमको टेलिस्कोपिक फ्रन्ट फोर्क्स र ड्युअल सक एब्जर्बर छ । यसमा सिंगल डिस्क ब्रेकका साथै एबीएस स्ट्यान्डर्डको रुपमा छ । कम्पनीले भि–ट्विन इन्जिनमा ल्याएको सो बबर मोटरसाइकल अहिले चर्चाको शिखरमा छ ।

Advertise Eleven Advertise Ten Advertise Nine
Post adv

लोकप्रिय

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...