भब्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट सुरु, यस्ता छन् आकर्षण

काठमाडौं–नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य उद्घाटन समारोहका साथ सुरु भएको छ ।

उत्कृष्ट अफर, रोमाञ्चक अनुभव र यामाहा कम्पनीको शैली र प्रदर्शनको पहिचानसँगै, यस पर्वले सहरभरिका बाइक र स्कुटर प्रेमीहरूको उत्साह दोब्बर बनाउने अपेक्षा गरिएको छ ।

भदौ २२ देखि भदौ २७ सम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन् । चाडपर्वको सिजनमा, यामाहा ब्लु फेस्टसँग खुशीको यात्रामा निस्कन कम्पनीले आग्रह गरेको छ ।

मेलामा कुनै पनि ब्राण्डको कुनै पनि बाइक एक्सचेन्ज गर्न सकिने जनाइएको छ । यसरी एक्सचेन्ज गर्दा कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार तथा अन्य ब्राण्डमा न्यूनतम २५ हजार मूल्याङ्कन गरिने छ ।

यस्तै, एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस, ७.९९ प्रतिशत ब्याजदरमा ग्यारेन्टर विना नै फाइनान्स सुबिधाको साथै १ लाख रुपैयाँसम्म नगद छुट पाइनेछ । त्यसैगरी, हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट र भाग्यशाली विजेताहरूका लागि ‘राइड द ब्लु विथ रोडिज’ अनुभव पाइनेछ ।

मेलामा आर१५ भी४, एमटी–१५ भी२, एफजेड भी३ डिलक्स, रेजेडआर १२५ एफआई हाइब्रिड र एरोक्स लगायत मोडलको शक्ति, शैली, र प्रदर्शनको पूर्ण अनुभव गर्ने अवसर पाउने छन् ।

ब्लु फेस्ट सुरु भएको अवसरमा बोल्दै यामाहा नेपालका प्रमुख कार्यकारी निर्देशक दीपक अग्रवालले भने, ‘यामाहामा हामी सधैं यस्तो अनुभव सिर्जना गर्न विश्वास गर्छौं जुन केवल यात्रा मात्र नभई भावना, शैली र प्रदर्शनको अनुभव पनि हो । यो पहल हाम्रो मूल्यवान ग्राहकप्रति धन्यवाद प्रकट गर्ने र अझ धेरै राइडरहरूलाई यामाहा परिवारमा स्वागत गर्ने हाम्रो पहल हो ।’

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...