यामाहा नेपाल र डिलर नेटवर्कको साझा यात्रा, थाइल्यान्डमा ‘ब्लु सर्ज’ सम्मेलन सुरु
काठमाडौं–यामाहा नेपालको आयोजनामा जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको...
काठमाडौं– काठमाडौँको भृकुटीमण्डपमा एक हप्तासम्म सञ्चालनभएको दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट ‘यामाहा ब्लू फेस्ट’ सम्पन्न भएको छ । नेपालको सबैभन्दा ठूलो दाबी गरिएको उक्त मेला सुरुमा चैत्र २८ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुने भनिएपनि मोटरसाइकल/स्कुटर पारखीहरूको अत्यधिक सहभागिताका कारण एक दिन थप गरिएको थियो ।
यामाहाको उत्कृष्ट एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन हजारौं सहभागीहरूले कार्यक्रममा भाग लिएको मेला आयोजक एबं यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडबलु राइड्सले जनाएको छ ।
मेलाको अन्तिम दिन काठमाडौँ रेजर्स फुटबल टिमका खेलाडीहरूसँगको विशेष मिट एण्ड ग्रिट सेसन राखिएको थियो । सहभागीहरूले एनएसएल सिजन ३ मा यामाहाको टाइटल प्रायोजनको सेलिब्रेसनसँगै खेलहरू खेल्न, विशेष मर्केन्डाइज जित्न र खेलाडीहरुको सिग्नेचर भएका जर्सीहरू पनि प्राप्त गरेका थिए ।
कम्पनीका अनुसार, ब्लू फेस्ट समापन भए पनि यामाहाको “थ्रिल अफ थ्री“ योजना नेपालभरका सबै यामाहा डिलरशिपहरूमा लागु भइरहेको छ ।
मेलमा कुनै पनि ब्रान्डका बाइक साटफेर गर्दा ग्राहकले आफूसंग भएको यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार मूल्यांकन पाएका थिए । त्यस्तै, अन्य कुनै पनि ब्रान्डमा न्यूनतम २५ हजार को मूल्यांकन, एक्सचेन्जमा अतिरिक्त १० हजार, कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९ प्रतिशतको फाइनान्सिङ, यामाहा थ्रिल अफ थ्री योजना अन्तर्गत १ लाखसम्म छुट, थ्रिल अफ थ्री विज्ञापन सेयर गरी १ हजार जित्ने अवसर प्रदान गरिएको थियो
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...