यामाहा ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत उमेशले जिते ५ लाख पुरस्कार

काठमाडौं–भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘यामाहा ब्लु फेस्ट’ अन्तिम दिनमा प्रवेश गरेको छ । यसैक्रममा ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत एक जना बम्पर विजेताको घोषणा गरिएको छ ।

भ्याली रोड मोटर्स प्रालिमार्फत फाइनान्स तथा एक्सचेन्ज योजना अन्तर्गत मोटरसाइकल खरिद गरेका उमेश थापा मगरले ५ लाख रुपैयाँ नगद बम्पर पुरस्कार जितेका छन् । उक्त घोषणाले कार्यक्रममा थप उत्साह थप्नुका साथै ग्राहकलाई समापनअघि उपलब्ध विशेष अफरहरूको लाभ लिन प्रेरित गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रम सुरु भएयता ब्लु फेस्टमा मोटरसाइकल पारखी, परिवार तथा सम्भावित खरिदकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ । आगन्तुकहरूले यामाहाका उन्नत हाई–टेक मोटरसाइकल तथा स्कुटरहरूको अवलोकन गर्दै उत्साहपूर्ण वातावरणको अनुभव गरेका छन् ।

अन्य विजेतामा नविना शर्माले १ लाख रुपैयाँ, अरविन्द गुप्ताले ५५ हजार रुपैयाँ र आवाश चौधरीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसका साथै अन्य धेरै ग्राहकले पनि विभिन्न आकर्षक उपहार जितेका छन् ।

समापनको दिन नजिकिँदै गर्दा पनि ब्लु फेस्टले ग्राहकहरूका लागि आकर्षक सुविधा प्रदान गरिरहेको छ । खरिदकर्ताले ५ लाख रुपैयाँसम्म क्यासब्याक, अधिकतम ४० महिनासम्मको सहज ईएमआई सुविधा तथा अन–द–स्पट फाइनान्सिङ सेवा लिन सक्नेछन् । साथै, ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितामा सञ्चालन भइरहेको एक्सचेन्ज कार्निभलले पुराना मोटरसाइकलको प्रतिस्पर्धात्मक तथा पारदर्शी मूल्याङ्कनका कारण विशेष आकर्षण बनेको छ ।

कार्यक्रममा राइडर तथा कन्टेन्ट क्रिएटरहरूसँग भेटघाट, कोसप्ले प्रदर्शन तथा विभिन्न गिभअवे गतिविधिहरूले मेलालाई अझ जीवन्त बनाएको छ ।

यामाहा नेपालका सीईओ दीपक अग्रवालले ब्लु फेस्टप्रति प्राप्त सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताउँदै अन्तिम दिनमा उपस्थित भई विशेष अफरको लाभ लिन सबैलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचारहरू

चर्चित कलकार मनोज गजुरेलले खरिद गरे यामाहा रे–जेडआर १२५ स्कुटर

चर्चित कलकार मनोज गजुरेलले खरिद गरे यामाहा रे–जेडआर १२५ स्कुटर

चर्चित हास्य कलाकार मनोज गजुरेलले यामाहा व्रान्डको रे–जेडआर १२५ एफआई...

मोटरसाइकल र स्कुटरको बिक्रीमा आक्रमक देखियो यामाहा, नयाँ मोडल भित्राउने मामलमा समेत अगाडी

मोटरसाइकल र स्कुटरको बिक्रीमा आक्रमक देखियो यामाहा, नयाँ मोडल भित्राउने मामलमा समेत अगाडी

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज...

महिला टी-२० त्रिकोणात्मक शृङ्खलाको टाइटल स्पोन्सर बन्यो यामाहा नेपाल

महिला टी-२० त्रिकोणात्मक शृङ्खलाको टाइटल स्पोन्सर बन्यो यामाहा नेपाल

काठमाडौं – यामाहा नेपालले बिहीबारदेखि सुरु भएको नेपाल, नदेरल्यान्ड्स र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...