याडिया भेलाक्स सिरिज इलेक्ट्रिक स्कुटर अब नेपालमा, मूल्य २ लाख ८५ हजार देखि शुरु

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा प्रारम्भ भएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा याडियाले भेलाक्स सिरिज सार्वजनिक गरेको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले भेलाक्स सिरिजका स्कुटर र अन्य मोडल सार्वजनिक गरेको हो ।

यस अन्तर्गत तीन मोडल भेलाक्स फास्ट चार्जिङ, भेलाक्स यु र भेलाक्स एच सार्वजनिक गरिएको हो । भेलाक्स फास्ट चार्जिङ व्यस्त जीवनशैली अपनाउने र समयको मूल्य बुझ्ने सवारहरूको लागि निर्माण गरिएको हो । ७६ भोल्ट ३० एएच एलएफपी ब्याट्री सहितको भेलाक्स फास्ट चार्जिङ स्कुटरले ११० किमी सम्मको रेन्ज दिन्छ।

२० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमतायुक्त सो स्कुटर द्रुत गतिमा काम गर्ने, डेलिभरी सेवामा संलग्न वा दैनिक यात्रा गर्नेहरूका लागि उपयुक्त विकल्प हो। यसमा ३२०० वाट मोटर, ६२ किमी प्रतिघण्टा गति र १७२ एनएम टर्क रहेको छ ।

भेलाक्स यु डुअल ७४ भोल्ट २० एएच ब्याट्री सिस्टमद्वारा सञ्चालित छ र १४० किमी सम्म रेन्ज प्रदान गर्छ। यसमा ४९०० वाटको शक्तिशाली मोटर, ८० किमी प्रतिघण्टा गति र १७६ एनएम टर्क प्रदान गर्ने क्षमता छ ।

भेलाक्स एच दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा उपलब्ध डिजाइन हो । भेलाक्स एच याडियाको मूल्यमैत्री तर शक्तिशाली मोडल हो। यसमा ७२ भोल्ट ३० एएच ब्याट्री छ, जसले १०० किमी सम्म रेन्ज दिन्छ। यसमा ३२०० वाट मोटर, ६२ किमी प्रतिघण्टा टप स्पिड र १७२ एनएम टर्क छ । ‘एच’ को अर्थ हाई पर्फमेन्स हो ।

भेलाक्स सिरिजमा क्रुज कन्ट्रोल, रिभर्स मोड, किलेस स्टार्ट र स्मार्ट अनलक, मोबाइल एप इन्टिग्रेसन, रिजेनेरेटिभ ब्रेकिङ, युएसबी चार्जिङ पोर्ट, एलईडी लाइट र फुल्ली डिजिटल ड्यासबोर्ड लगायतका फिचर रहेका छन् ।

यी स्कुटरको मूल्य २ लाख ८५ हजार रुपैयाँ बाट सुरु हुन्छ । भेलाक्स मोडलहरुमा ३ वर्ष वा ३० हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध छ । कुजु नेपालका देशभर रहेका १२ भन्दा बढी आधिकारिक डिलरहरुबाट टेस्ट राइड, प्रि–बुकिङ र फाइनान्सिङ सुविधा सुरु गरिसकेको बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...