तीन भेरियन्टमा आउने भयो एक्सयूभी ४०० इभी, मूल्य २ महिनापछि सार्वजनिक गरिने
महिन्द्राले हालसालै सार्वजनिक गरेको आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई...
चाइनिज टु ह्विलर इलेक्ट्रिक सवारी निर्माता कम्पनी याडियाले सोडियम आयोन ब्याट्री प्याकबाट संचालित पहिलो स्कुटर सार्वजनिक गरेको छ । याडियाका अनुसार सो स्कुटर १५ मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
चीनको हाङझाउमा सम्पन्न सोडियम इलेक्ट्रिक भेइकल कन्फ्रेन्समा कम्पनीले सो ब्याट्रीबाट चल्ने चार मोडल बिक्रीका लागि उपलब्ध भएको जानकारी गराएको थियो । यी स्कुटरको मूल्य ३ हजार २९९ युआन देखि ४ हजार २९९ युआन अर्थात ४५० डलर देखि ५९० डलर सम्म तोकिएको छ ।
याडियाका अनुसार ती स्कुटरमा युजी सोडियम ब्याट्रीको प्रयोग गरिएको छ, जसमा नेगेटिभ इलेक्ट्रोडका लागि कार्बन मेटरियलको प्रयोग गरिएको छ । यसको ब्याट्री सेलको इनर्जी डेन्सिटी १४५ वाट आवर प्रति किलोग्राम छ र सामान्य तापक्रममा यसलाई १ हजार ५ सय पटक चार्ज र डिस्चार्ज गर्न सकिन्छ । नियमित रुपमा प्रयोग गर्दा पनि यसलाई पाँच वर्ष सम्म चलाउन सकिन्छ ।
कन्फ्रेन्समा आधिकारिक रुपमा यसको जानकारी सार्वजनिक नगरे पनि यसको वेबसाइटमा उल्लेख भए अनुसार सो ब्याट्रीमा सामान्य भोल्टेज ४८ भोल्ट छ भने यसको क्षमता २४ एएच रहेको छ । यसले सिंगल चार्जमा ७० किलोमिटर भन्दा बढी रेन्ज दिनेछ ।
स्कुटरमा टिफार इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसको ४०० वाट पावर छ । यसको टप स्पिड २५ किलोमिटर प्रतिघण्टा छ ।
नेपाली बजारमा समेत याडियाका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । नेपालमा कुजु नेपाल प्रालिले याडियाका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको छ ।
महिन्द्राले हालसालै सार्वजनिक गरेको आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई...
एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले ढल्केबरमा...
नेपाली बजारमा नयाँ ब्रान्ड ‘कोल्टर’ को इलेक्ट्रिक बाइक भित्रिएको छ । हाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...