दिगोले नेपाली बजारमा आफ्नै ब्रान्डमा १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने
प्रतिष्ठित विद्युतीय गाडी कम्पनी दिगोले अब नेपाली बजारमा आफ्नै ब्रान्डका...
काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । एक कार्यक्रमका बिच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो स्कुटर लन्च गरे ।
घिसिङले नेपालमा इलेक्ट्रिक सवारी साधन प्रवद्र्धन गर्ने नीति अनुरुप नै आफूले सदैव यस्ता सवारी साधन भित्र्याउन आग्रह गरिरहेको बताए । आगामी दिनमा इलेक्ट्रिक सवारी साधनको प्रयोग अझै बढ्दै जाने उनको भनाइ थियो ।
याडिया जी६ मा ३ किलोवाटको मोटर र २.७३ किलोवाट आवरको ग्राफिन ब्याट्री छ । यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ । यसलाई ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
फ्रन्ट तथा रियर डिस्क ब्रेक उपलब्ध सो इलेक्ट्रिक स्कुटरको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ ।
फराकिलो फ्लोर बोर्ड, अल एलईडी सेटअप, १२ इन्चको आल्मुनियम ह्विल, ३० लिटरको बुट स्पेस लगायतका विभिन्न विशेषता यसमा पाउन सकिन्छ ।
कम्पनीले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी उपलब्ध गराउछ ।
याडिया जी६ को मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।
प्रतिष्ठित विद्युतीय गाडी कम्पनी दिगोले अब नेपाली बजारमा आफ्नै ब्रान्डका...
काठमाडौं – नाडाको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ लिएर बिक्री सुरु...
ग्रेटवाल मोटरले २०२४ बेइजिङ अटो शोमा २०२४ मोडलको ओरा ३ लन्च गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...