टाटाले सञ्चालनमा ल्यायो ‘ईभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्र, भ्रमण कार्यक्रम सम्पन्न
कठमाडौं – टाटा मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...
काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । एक कार्यक्रमका बिच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो स्कुटर लन्च गरे ।
घिसिङले नेपालमा इलेक्ट्रिक सवारी साधन प्रवद्र्धन गर्ने नीति अनुरुप नै आफूले सदैव यस्ता सवारी साधन भित्र्याउन आग्रह गरिरहेको बताए । आगामी दिनमा इलेक्ट्रिक सवारी साधनको प्रयोग अझै बढ्दै जाने उनको भनाइ थियो ।
याडिया जी६ मा ३ किलोवाटको मोटर र २.७३ किलोवाट आवरको ग्राफिन ब्याट्री छ । यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ । यसलाई ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

फ्रन्ट तथा रियर डिस्क ब्रेक उपलब्ध सो इलेक्ट्रिक स्कुटरको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ ।
फराकिलो फ्लोर बोर्ड, अल एलईडी सेटअप, १२ इन्चको आल्मुनियम ह्विल, ३० लिटरको बुट स्पेस लगायतका विभिन्न विशेषता यसमा पाउन सकिन्छ ।
कम्पनीले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी उपलब्ध गराउछ ।
याडिया जी६ को मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।
कठमाडौं – टाटा मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...
बीवाईडीको इलेक्ट्रिक सेडानलाई चीनको सरकारी मन्त्रालयले दिएको नाम...
ओला इलेक्ट्रिक एक क्यालेन्डर वर्षमा ४ लाख युनिट बिक्री गर्ने भारतको पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...