दिपल ईभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै खरिद गर्न सकिने
काठमाडौं– नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल ईभीको आधिकारिक...
काठमाडौं – याडिया ई-स्कुटरको आधिकारिक वितरक कुजु नेपालले याडियाको प्रिमियम मोडल जी५ का लागि ईएमआई योजना घोषणा गरेको छ।
सो योजना अन्तर्गत ग्राहकले दुई वर्षको अवधिको लागि मासिक ६२५० रुपैयाँ किस्ता तिर्नुपर्नेछ र क्रेडिट कार्ड पनि आवश्यक पर्दैन। यो योजना याडियाको टंगालस्थित शोरुमबाट उपलब्ध हुनेछ ।
याडिया जी५ पानासोनिक लिथियम आयन ब्याट्रीद्वारा संचालित छ । यसमा २,३०० वाटको मोटर पावर छ र सिंगल चार्जमा ८० किलोमिटर सम्मको रेन्ज दिने बताइएको छ ।
त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरलाई ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिन्छ ।
जी५ मा ६० भोल्ट, ३२ एम्पियरको पानासोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा प्रयोग भएको व्याट्री माइनस २० देखि ५५ डिग्री सेन्टिग्रेड तापक्रममा काम गर्न सक्छ भने यो सर्ट सर्किट, ओभर करेन्ट प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन फिचर रहेको छ ।
याडिया जी५ मा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर रहेको छ । यसको फ्रन्ट फर्क उच्च गुणस्तरको आल्मुनियमद्वारा निर्माण गरिएको छ । त्यस्तै १२ इन्चको ट्युवलेस टायर, दुबै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका लाइहरु एलईडी प्रयोग गरिएको छ । यसमा २६ लिटरको स्टोरेज क्षमता पाउन सकिन्छ ।
यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं– नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल ईभीको आधिकारिक...
काठमाडौं – लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...
महोत्तरी – बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...