मासिक किस्ता ६२५० तिरेर याडिया इलेक्ट्रिक स्कुटर लिन सकिने

काठमाडौं – याडिया ई-स्कुटरको आधिकारिक वितरक कुजु नेपालले याडियाको प्रिमियम मोडल जी५ का लागि ईएमआई योजना घोषणा गरेको छ।

सो योजना अन्तर्गत ग्राहकले दुई वर्षको अवधिको लागि मासिक ६२५० रुपैयाँ किस्ता तिर्नुपर्नेछ र क्रेडिट कार्ड पनि आवश्यक पर्दैन। यो योजना याडियाको टंगालस्थित शोरुमबाट उपलब्ध हुनेछ ।

याडिया जी५ पानासोनिक लिथियम आयन ब्याट्रीद्वारा संचालित छ । यसमा २,३०० वाटको मोटर पावर छ र सिंगल चार्जमा ८० किलोमिटर सम्मको रेन्ज दिने बताइएको छ ।

त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरलाई ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिन्छ ।

जी५ मा ६० भोल्ट, ३२ एम्पियरको पानासोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा प्रयोग भएको व्याट्री माइनस २० देखि ५५ डिग्री सेन्टिग्रेड तापक्रममा काम गर्न सक्छ भने यो सर्ट सर्किट, ओभर करेन्ट प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन फिचर रहेको छ ।

याडिया जी५ मा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर रहेको छ । यसको फ्रन्ट फर्क उच्च गुणस्तरको आल्मुनियमद्वारा निर्माण गरिएको छ । त्यस्तै १२ इन्चको ट्युवलेस टायर, दुबै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका लाइहरु एलईडी प्रयोग गरिएको छ । यसमा २६ लिटरको स्टोरेज क्षमता पाउन सकिन्छ ।

यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक स्कुटर खोज्नेका लागि उपयुक्त ब्रान्ड सेगवे नाइनबटका चार मोडल नेपालमा उपलब्ध (मूल्य सूची)

इलेक्ट्रिक स्कुटर खोज्नेका लागि उपयुक्त ब्रान्ड सेगवे नाइनबटका चार मोडल नेपालमा उपलब्ध (मूल्य सूची)

नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । ती मध्ये...

काँकडभिट्टा–कञ्चनपुरको विद्युतीय रेलमार्गको लागत पुग्याे १५ खर्ब

काँकडभिट्टा–कञ्चनपुरको विद्युतीय रेलमार्गको लागत पुग्याे १५ खर्ब

काठमाडौं – झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म विद्युतीय...

कोमाकी नेपालले ल्यायो डबल ब्याट्री र धेरै रेन्ज भएको इलेक्ट्रिक स्कुटर एलवाई प्रिमियम

कोमाकी नेपालले ल्यायो डबल ब्याट्री र धेरै रेन्ज भएको इलेक्ट्रिक स्कुटर एलवाई प्रिमियम

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै कोमाकीको इलेक्ट्रिक स्कुटर उपलब्भ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...